ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीनसातादेखि सडक अवरुद्धः सर्वसाधारण जोखिमपुर्ण यात्रा गर्नबाँध्य


एबीसी न्यूज
१७ असार २०७५, आइतबार   १० : १२   बजे

दुनै(डोल्पा) १७ असार । भित्ती–मोतीपुर सडकखण्ड अवरुद्ध भएपछि सर्वसाधारणहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य भएकाछन् ।
ठुलीभेरी नगरपालिका अन्तर्गत बागडाँडामा पर्ने दश मिटर सडक पहिरोले पुरेपछि भित्ती–मोतीपुर सडक झन्डै तीनसाता देखि अवरुद्ध छ ।

बर्षातका कारण अवरुद्ध सडकखण्ड नखुलेपछि खसिरहेको पहिरोको मुनीको सानोबाटोबाट सर्वसाधारण जोखिमपुर्ण यात्रागर्न बाध्य छन् ।
सुँपानी देखि दुनैसम्म यातायात संञ्चालन गर्ने मुख्य सडकनै अवरुद्ध भएपछि सर्वसाधारणहरु भित्ती–जुफालसम्मको जोखिमपुर्ण सडकबाट गाडीको यात्रागर्न बाध्य भएको स्थानीयबासी अमर कठायतले बताए ।

सडक अवरुद्ध भएदेखि आन्तरिक रुपमा चल्दै आएका दर्जन धेरै जीपहरु यात्रुको ज्यान जोखिममा पार्दै नियमित यात्रुहरु ओसार पसार गरिरहेकाछन् ।
भित्ती– मोतीपुर सडकखण्ड संञ्चालनमा आउदा सजिलो सुरक्षित यात्रा हुने गरेतापनि सडक अवरुद्ध भएपछि भित्तीबाट जुफाल हुँदै पुनः मोतीपुर पुग्दा समय पनि धेरै लाग्ने र साँघुरो बाटोका कारण जोखिमपुर्ण यात्रागुर्नपर्ने बाध्यता रहेको गाडी चालक सुशिल कठायतले बताए । अवरुद्ध सडकका कारण डोल्पामा दैनिक उपभोग्य सामाग्री ओसार पसार गर्दै आएका घोडा खच्चडलाई पनि आवत आजवतमा समस्या उत्पन्न भएको छ । अवरुद्ध सडक खुलाउनकोलागि ठुलीभेरी नगरपालिकाले कुनै चासो नदिएको सर्वसाधारणको गुनासो छ ।
सुँपानी–दुनै जोड्ने मुख्य सडक भएतापनि अहिलेसम्म अवरुद्ध सडक खुलाउने तर्फ कुनैपनि निकायको ध्यान जान नसक्दा स्थानियबासीहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group