ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तुलसीपुर अमेलिया सडकखण्डको यात्रा जोखिमपूर्ण


एबीसी न्यूज
१७ असार २०७५, आइतबार   ११ : २२   बजे

दाङ, १७ असार । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर अमेलिया सडकखण्डमा ठाउँठाउँमा परेका खाल्डाखुल्डी र भत्किएका नाला समयमा मर्मत नगराउँदा यात्रु जोखिम पूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

गत वर्ष आएको बाढी तथा अविरल वर्षाले सो सडकखण्डमा क्षति पु¥याए पनि सम्बन्धित निकायले समयमा सडक मर्मतमा कुनै चासो नदिएपछि यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

रुकुम, सल्यान र तुलसीपुर, अमेलिया हँुदै नेपालगञ्ज, सुर्खेतलगायत पश्चिम नेपालका विभिन्न ठाउँ जानका लागि सो सडकखण्डमा दैनिक २०० बढी यातायातका सवारीसाधन सञ्चालन हुने गरेका छन् ।

गत साल साउन महिनामा परेको अविर वर्षासँगै खसेको पहिरोका कारण सो सडकखण्ड उच्च जोखिम तथा जीर्ण अवस्थामा रहे पनि मर्मतका लागि सडक डिभिजन कार्यालय दाङले समयमा ध्यान नदिँदा यस पटक अझै जोखिम मोल्नुपर्ने बाध्यता रहेको बखरियाका स्थानीय पत्रकार देवीराम कुसारीले बताउनुभयो ।

यसपटक जिल्लामा अझै वर्षा नै भएको छैन अहिले नै सो सडकखण्डमा पहिरो खस्ने, ठाउँठाउँमा नाला भत्किनु र सडकमा ठूला खाल्डाखुल्डी रहेका छन् यसले गर्दा गाडी चलाउन समस्या हुने गरेको छ, सो बाटोमा गाडी चलाउँदै आएका चालक रमेश बस्नेतले बताउनुभयो ।

यसैबीच सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्रीप्रसाद शर्माले अमिलिया सडक विस्तार गर्न टेण्डर भइसकेको बताउनुभएको छ ।

उहाँले अहिले वर्षात्को समयमा नयाँ बाटो विस्तार गर्दा झन समस्या पैदा हुने भन्दै तत्कालका लागि मर्मत गर्न आफूले निर्माण कम्पनीलाई निर्देशन दिइसकेको बताउनुभयो ।
तुलसीपुरदेखि झण्डै २६ किलोमिटरको दूरीमा रहेको अमेलिया नाका क्षेत्रसमेत हो । तुलसीपुर, घोराही तथा लमही सडकखण्डमा पर्ने खोलामा वर्षाको समयमा बाढी आएपछि ती सडक अवरुद्ध हँुदा पनि वैकल्पिक रुपमा तुलसीपुर अमेलिया सडक प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीमा एमालेका ६ मन्त्रीले दिए राजीनामा

आज कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना

सम्बन्धित

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu