भीमदत्तनगर, १७ असार । कञ्चनपुरको भीमदत्त नगरपालिकामा आज करेन्ट लागेर एकको मृत्यु भएको छ भने ,चार जना घाइते भएका छन् ।
भीमदत्तनगरपालिका–३ मालिकार्जुन टोलमा बिजुलीको नयाँ खम्बा हाल्ने क्रममा करेन्ट लागेर कञ्चनपुर, लालझाँडी गाउँपालिका–५ देखतभुलीका २४ वर्षीय शिवराज रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ज्ञानबहादुर सेटीले जानकारी दिएका छन ।
सोही क्रममा देखतभुलीका जयना राना र समीर चौधरी तथा कृष्णपुर नगरपालिका–६ का अनिल चौधरी र कैलालीको धनगढी उपमहानगरपालिका–१६ उर्माका बालकृष्ण चौधरी घाइते भएका छन् ।
शिवराजलाई उपचारका लागि महाकाली अञ्चल अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएको थियो । घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्