ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनसंगको सहकार्यमा नेपालको पनि समृद्धि संभव छ (विषेश अन्तर्वाता भिडियोसहित)


एबीसी न्यूज
१८ असार २०७५, सोमबार   २ : ००   बजे

काठमाडौं, १८ असार । छिमेक तथा मित्र राष्ट्रको सार्वभौमिकता, स्वाधिनता र समृद्धिको पक्षमा सधै कुटनीतिक सन्तुलनमा उभिदै आएको चीनको सफल भ्रमण गरेका छन् प्रधानमन्त्री केपी शर्मा ओलीले । सन १९७८ मा देङको नीति लागु भएपछि प“ूजी र प्रविधिको चरम विकासबाट आर्थिक विकासमा तीव्रता हासिल गरेको चीनसंगको सहकार्यमा नेपालको पनि समृद्धि संभव छ भन्ने तथ्य बुझेका प्रधानमन्त्री ओली मुलुक बदल्ने प्रयत्नमा छन् ।

एकसाता लामो भ्रमणका क्रममा चीनियाँ नेतृत्वसंगको भेटवार्ता र भएका सम्झौताले नेपालको विकास र समृद्धिमा चीन सहयोगी बन्ने विश्वास गर्न सकिन्छ भन्ने विश्वास आर्जन गरेका छन् ओलीले । इतिहासकै शक्तिशाली सरकारको कमाण्ड बनेका ओलीले चिनियां नेतृत्वलाई आश्वस्त पार्दै महत्वपूर्ण संझौतामा हस्ताक्षर मात्रै गरेका छैनन्, भोलिका मितिमा चीनले नेपालको आर्थिक समृद्धिका लागि पूर्वाधारदेखि जलविद्युत, पर्यटन, कृषि र उद्योग लगायतका मुद्दामा साथ र सहयोग पाएका छन् ।

अब, इमान्दारितापूर्वक सहमतिहरुलाई तिब्र कार्यान्वयन जरुरुी छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको सन्दर्भ सेलाएको छैन । सहमतिहरु कार्यान्वयनका दिशामा अघि बढ्ने बेलासम्म यो सन्दर्भ जीवन्त रहिरहनेछ ।

साढे ६ दशक लामो असल छिमेक सम्बन्ध रहेको चीनसंग यसअघि पनि धेरै सम्झौता भएका थिए । चीनसंग भएका अधिकांश संझौता कार्यान्वयन भएका छन् । पछिल्ला सम्झौताहरु कार्यान्वयनका लागि प्रतिक्षारत छन् । चीनियाँहरु बचनमा प्रतिवद्ध छन् भन्ने सन्देश विगतका दिनमा पनि भएकोले यसपटकका ऐतिहासिक सम्झौताहरु पनि कार्यान्वयन हुने अपेक्षा सबैको छ ।

यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले चीनप्रतिको थप सकारात्मक दृष्टिकोण जनतामा जगाएको छ । चीन भ्रमणबाट प्रधानमन्त्री ओलीले समग्रमा सकारात्मक सन्देश दिएका छन् । भ्रमणका क्रममा प्रधानमन्त्रीसंग संगै रहेका परराष्ट्रविद् राजन भट्टराईसंग बेइजिङबाट ल्हासा फर्किंदै गर्दा लिइएको विशेष अन्तर्वाता ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

प्रचण्ड–सिल्भा भेट : नेपाल–श्रीलंकाका वामपन्थी सम्बन्ध सुदृढ बनाउन सहकार्यमा जोड

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu