ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालीगण्डकीमा बेपत्ता भएका जीप चालक सम्पर्कमा


एबीसी न्यूज
२१ असार २०७५, बिहिबार   १० : २१   बजे

म्याग्दी, २१ असार । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा असार १४ गते दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा बेपत्ता भएका भनिएका चालक एक सातापछि सम्पर्कमा आएका छन् ।

अन्नपूर्ण गाउँपालिका–७ घराम्दीदेखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करीब ३० फिट तल कालीगण्डकीमा खस्दा चालक बेनी नगरपालिका–९ का ३१ वर्षीय रवि (इन्द्रबहादुर) खड्का र घराम्दीकी २० वर्षीया सविता नेपाली बेपत्ता भएका थिए ।

कालीगण्डकी नदीमा जिप खसेर दुर्घटना भएपछि वर्षाका कारण पानीको बहाव बढेका कारण दुवैजनालाई बगाएर बेपत्ता बनाएको प्रारम्भिक अनुमान गरिएको थियो । तर दुर्घटना भएको छ दिनपछि बुधबार सो जिपका चालक खड्का प्रहरीको सम्पर्कमा आएका छन् ।

दुर्घटनालगत्तै बेपत्ता भएका खड्का र नेपालीको परिवारसमेत सुरक्षा निकायकै समन्वयमा कालीगण्डकी नदीमा खोजीकार्यमा जुटेका थिए ।

दुर्घटना भएको झण्डै एक सातापछि चालक पोखरातर्फ रहेको जानकारी पाएपछि आफन्तको सहयोगमा उनी प्रहरीको सम्पर्कमा आएपछि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिनुभयो । दुर्घटना भएको यतिधेरै दिनपछि चालक सम्पर्कमा आएपछि घटनाको बारेमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रनाउ बुढामगरले जानकारी दिनुभयो ।

दुर्घटनाग्रस्त जिपका चालक खड्काले गाडी अकस्मात् दुर्घटनामा परेपछि आफू खोलामा उछिट्टिएको र पौडी खेलेर बाहिर निस्कन सफल भएको बयान दिएका छन् । तर दुर्घटनापछि लुकेर एक सातापछि चालक प्रहरीको सम्पर्कमा आएपछि कालीगण्डकी नदीमा भएको जिप दुर्घटनाको रहस्य थप गहिरिएको छ ।

खड्काले प्रारम्भिक बयानका क्रममा घराम्दीबाट पोखरा जाने यात्रु भएको भनेर बोलाएर गाउँमा भेला भएका गाउँलेले सविता नेपालीलाई गर्भवती बनाएको भनी लगाएको आरोप स्वीकार गरेर बेनी ल्याउने क्रममा दुर्घटना भएको बताएका छन् । दुईजना मात्रै सवार गाडी चलाउने क्रमम आफू तनावमा परेको र नियन्त्रणभन्दा बाहिर गएर दुवैजना कालीगण्डकीमा खसेको खड्काले बताएका छन् ।

आफू उछिट्टिएर खोलामा परेको र १०० मिटर तल कालीगण्डकीमा पौडी खेलेर बाहिर निस्किई अरुले आक्रमण गर्ने डरले उज्यालो भइञ्जेल सडकमुनिको ओडारमा लुकेर बसेर पैदलै हिँडेर गलेश्वरदेखि पर्वतको बगरफाँट हुंदै मिलनचोक पुगेर गाडी चढेर पोखरा पुगेको खड्काले बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu