धनगढी, २१ असार । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुर गाउँकी ३२ वर्षीया गर्भी चौधरीलाई आफ्नै घरमा आज बिहान प्रहरीले मृत अवस्थामा फेला पारेको छ ।
आँखा, खुट्टा र हातमा चोट लागेको अवस्थामा आफ्नै कच्ची घरको कोठामा ती महिलालाई मृत फेला पारिएको लम्की प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताउनुभयो ।
प्रहरीले मृतक महिलाका श्रीमान ईन्द्रबहादुर चौधरीलाई पक्राउ गरी अनुसन्धान थालेको छ । श्रीमान् कुटपिटबाट उनको मृत्यु भएको आशंका गरिएको छ । महिलाको शव परीक्षणका लागि टीकापुर अस्पताल पु¥याइएको छ ।
प्रतिक्रिया दिनुहोस्