रुसमा जारी विश्वकपमा भविष्यवाणी गर्दै अाएकाे चीनियाँ बिरालोको मृत्यु भएको छ। यसले चीनको सोसल मिडियामा निराशा छाएको छ। बिरालोको अगाडि खाना र झण्डासहितको दुई कचौरा राखिन्छ। बिरालोले जुन कचौरामा खान्छ त्यही टोली जित्ने भविष्यवाणी हुने क्रममा ६ वटा मिलेको थियो। यसैले त्यो बिरालो चीनमा लोकप्रिय बनेको थियो।
अर्जेन्टिना र नाइजेरियाबीचको खेलको भविष्यवाणी उसको अन्तिम थियो। विश्वकपमा भविष्यवाणी गर्दै अाएकाे उक्त बिरालाेकाे निकै चर्चा भएकाे थियाे ।
-एजेन्सी
प्रतिक्रिया दिनुहोस्