ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा बाढीपहिरोको जोखिम रोक्न उच्च जोखिम क्षेत्रलाई तीनवटा क्लस्टरमा विभाजन


एबीसी न्यूज
२५ असार २०७५, सोमबार   २ : ४९   बजे

चितवन, २५ असार । बाढी र पहिरोबाट हुने विपद् जोखिम न्यूनीकरणका लागि चितवनमा उच्च सतर्कता अपनाइएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला सुरक्षा समितिले वर्षायाम शुरु भएसँगै सम्भावित जोखिम क्षेत्रमा विपद् जोखिम न्यूनीकरणका लागि उच्च सतर्कताका साथ कार्यक्रम शुरु गरेको जनाएको छ ।

समितिका संयोजक प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार जिल्लाको उच्च जोखिम क्षेत्रलाई तीनवटा क्लस्टरमा विभाजन गरी सुरक्षा सतर्कता बढाइएको हो ।

मुख्यगरी नारायणी नदी आसपासको पश्चिम क्षेत्र, राप्ती नदी आसपासको पूर्वी क्षेत्र र माडी क्षेत्र गरी जिल्लाको जोखिम क्षेत्रलाई तीन क्लस्टरमा विभाजन गरी विपद् जोखिम न्यूनीकरणका काम थालिएको हो ।

आ–आफ्नो क्षेत्रमा रहेका सशस्त्र प्रहरी, जनपद प्रहरी, नेपाली सेना र विपद् व्यवस्थापन तालीम केन्द्र कुरिनटारका टोलीलाई जिम्मेवारीसमेत तोकिएको छ ।

नारायणी आसपासको पश्चिम क्षेत्रका लागि जिल्ला प्रहरी कार्यालय र सो मातहतका प्रहरी, सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय, कालीबहादुर गण, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालीम केन्द्रलाई जिम्मेवारी तोकिएको छ । यसमा भरतपुर महानगरपालिका र जिल्ला विपद् व्यवस्थापनको समन्वय रहने जनाइएको छ ।

यस्तै, दोस्रो क्लस्टरअन्तर्गत राप्ती नदी आसपासको पूर्वी क्षेत्रको सुरक्षा तथा उद्धारका लागि विपद् व्यवस्थापन गण रसौली, गढीमाई गण भण्डारा, प्रहरीको मातहतका कार्यालयलाई जिम्मेवारी तोकिएको छ । उक्त क्लस्टरमा जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहको समन्वय रहनेछ ।

यस्तै, तेस्रो क्लस्टरअन्तर्गत माडी क्षेत्रका लागि निकुञ्जको कसरा ब्यारेक, प्रहरी मातहतका कार्यालय, सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयलाई जिम्मेवारी तोकिएको प्रजिअ बस्नेतले बताउनुभयो । सो क्षेत्रमा जिल्ला विपद् व्यवस्थापन समिति र माडी नगरपालिकाले समन्वय गर्नेछ ।

साथै, समितिले उद्धारका लागि आवश्यक पर्ने रबर बोट, ट्यूब, लाइफ ज्याकेट, डोरी, एस्काभेटर लोडर, टिपरजस्ता अत्यावश्यक सामग्री तथा खाद्य सामग्री आवश्यक मात्रामा संकलन गर्नसमेत हरेक क्लस्टरलाई निर्देशन दिइएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

यता मुग्लिन क्षेत्रमा पहिरोबाट हुने जोखिम न्यूनीकरण गर्न सो क्षेत्रमा नियमित प्रहरी परिचालन गरिएको र नारायणगढ–मुग्लिन सडक आयोजनासँगको सहकार्यमा लोडर, डोजर, एस्काभेटर सबै तयारी अवस्थामा राखिएको चितवनका ट्राफिक प्रमुख बेदप्रसाद गौतमले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group