ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको व्यापार घाटा वार्षिक नौ खर्ब


admin
१ भदौ २०७४, बिहिबार   ७ : ४०   बजे

काठमाडौँ, १ भदौ । उत्पादनमूलक वस्तु प्रवद्र्धन गरी निर्यातमुखी अर्थतन्त्र अललम्बन गर्न नसक्दा नेपालले बर्सेनि अर्बौंको व्यापार घाटा बेहोर्दै आएको छ ।

वाणिज्य मन्त्रालयको विवरणअनुसार गत आवमा नेपालको व्यापार घाटा वार्षिक रु नौ खर्ब नौ अर्ब २६ करोड छ । भारतसँग मात्रै रु छ खर्ब र चीनसँग रु एक अर्ब २८ अर्ब घाटा छ । अन्य मुलुकसँग झण्डै रु एक खर्ब ८२ को घाटा बेहोरिएको छ । निर्यातजन्य वस्तुको पहिचान प्रवद्र्धन र बजारीकरणको अभावले बर्सेनि व्यापार घाटा बढेको सरोकार भएका निकायको भनाइ छ ।

व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ताहित संरक्षण समितिको आजको बैठकमा वक्ताले मुलुकको व्यापार घाटा अत्यासलाग्दो भएको र यसलाई कम गर्न रणनीतिक योजनाको आवश्यकता औँल्याउनुभयो ।
वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले मुलुको एक आवको बजेट बराबरको प्रतिवर्ष व्यापार घाटा बेहोर्नु अत्यन्तै दुःखदायी अवस्था हो भन्दै व्यापार घाटा कम गर्न निर्यातजन्य वस्तुको उत्पादन र बजार प्रवद्र्धन जरुरी भएकामा जोड दिनुभयो । व्यापार घाटा कम गर्न उत्पादनमूलक वस्तुको प्रोत्साहनका लागि करको दर घटाई दायरा फराकिलो बनाउनेतर्फ मन्त्रालयले काम अघि बढाएको मन्त्री विश्वकर्माको भनाइ छ ।

नेपालले प्रमुख रुपमा पेट्रोलियम पदार्थ, फलाम, स्टिल, धातुजन्य पदार्थ (सुन आदि) लगायत वस्तु विदेशबाट आयात गर्ने गरेको छ । विगतमा खाद्यान्नमा आत्मनिर्भर नेपालले अहिले वार्षिक रु एक खर्बको खाद्यान्न आयात गर्नुपर्ने बाध्यता छ । पहिला दाल, चामल, ऊन र धातुका सामान निर्यात हुन्थ्यो । पेट्रोलियममा मात्र प्रत्येक वर्ष रु २२ देखि २४ अर्बको आयात हुने गरेको छ । सोही मात्रामा सुनको आयात हुने गरेको छ । सम्भावना बोकेको पस्मिना, गलैँचाजस्ता वस्तुको उत्पादन बढाई बजारीकरण नहँुदा नेपालको अन्तर्राष्ट्रिय बजार हिस्सा कमजोर बनेको छ । अलैँची, अदुवा, चिया, कफी आदिको गुणस्तरीय उत्पादन निर्यातमा योजनाबद्ध कार्यक्रमको आवश्यकता देखिएको छ ।

वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपालको चुलिँदो व्यापार घाटा कम गर्न उत्पादनमूलक क्षेत्रमा लगानी अभिवृद्धि गर्ने गरी नीतिगत र कानूनी व्यवस्थाको सुनिश्चितता गर्न मन्त्रालय लागेको उल्लेख गर्नुभयो ।
वाणिज्य विभागका महानिर्देशक योगेन्द्र गौचनले बढ्दो व्यापार घाटा कम गर्न आन्तरिक व्यापार स्वच्छ, प्रतिस्पर्धी र नियमन गर्ने कार्यमा विभाग लागिपरेको बताउनुभयो । नेपाल इन्टरमोडल यातायात विकास समितिका महानिर्देशक लक्ष्मणबहादुर बस्नेतले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि सुक्खा बन्दरगाह विस्तारको काम अघि बढाइएको जानकारी दिनुभयो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका महानिर्देशक शरद्विक्रम राणाले निकासीजन्य वस्तुको उत्पादन प्रवद्र्धन तथा आन्तरिक बजारमा खपत हुने सामग्रीको आयात सहजीकरणका लागि केन्द्रले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने बताउनुभयो ।

बैठकमा सांसाद जनक बुढा, सुवासचन्द्र शाह ठकुरी, राज्यलक्ष्मी श्रेष्ठ, नारायणबहादुर कार्की, भेषकुमारी रावललगायतले लामो समयदेखि चुलिँदै गएको मुलुकको व्यापार घाटा काम गर्नेतर्फ रणनीतिक योजना ल्याइनुपर्ने खाँचो औँल्याउँदै आयात प्रतिस्थापन गर्नेगरी वैकल्पिक ऊर्जा, कृषि र पर्यटन क्षेत्रमा लगानी अभिवृद्धि गर्नाका साथै विदेशी लगानीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
यसैबीच समितिले बढ्दो व्यापार घाटा कम गर्नका लागि नीतिगत र संरचनागत व्यवस्थामा सुधारका कार्यक्रम ल्याउन तथा अन्तर मन्त्रालयगत समन्वय गरी निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापनको आक्रामक रणनीतिका साथ कार्यसम्पादन गर्न वाणिज्य मन्त्रालयलाई निर्देशन दिएको छ । समितिका सभापति भीष्मराज आङ्दम्बेले निर्यातजन्य अवरोध तत्काल हटाउनाका साथै वस्तु आयातका लागि हुने गरेको कागजी झन्झट हटाउन मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group