ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेल्दै सिक्ने केन्द्र मूल प्रवाहीकरण थप प्रभावकारी


एबीसी न्यूज
२६ असार २०७५, मंगलबार   २ : ३९   बजे

नेपालगन्ज ,२६ असार । वैकल्पिक शिक्षा कार्यव्रmम अन्तर्गत नेपालगन्जमा सञ्चालित खेल्दै सिक्ने केन्द्र मूल प्रवाहीकरणलाई थप प्रभावकारी बनाउन थालिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा बाँके युनेस्को क्लब र समुन्नत नेपालद्वारा सञ्चालित खेल्दै सिक्ने केन्द्रलाई प्रभावकारी बनाउनका लागि अहिले अर्को रणनीतिक कार्ययोजना निर्माण गरिँदैछ ।

कार्ययोजना निर्माणमा नेपालगन्ज उपमहानगरपालिका, बाँके जिल्ला शिक्षा समन्वय इकाइ, बाँके युनेस्को क्लब र समुन्नत नेपालको संयुक्त कार्यदल गठन गरिएको छ ।

‘करीब १२ हजारभन्दा बढी बालबालिका र किशोरकिशोरी विद्यालय बाहिर रहेकाले उनीहरुलाई केन्द्रमा समेट्ने उद्देश्यले थप रणनीतिक योजना निर्माण गर्न लागिएको हो’—जिल्ला शिक्षा विकास समन्वय ईकाइका प्रमुख गोर्खबहादुर थापाको भनाइ छ ।

खेल्दै सिक्ने केन्द्रलाई अहिले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिसेफले पनि सघाएको छ भने केन्द्र राखिएका नेपालगन्ज उपमहानगरपालिकाको टोल अन्तर्गतको वडा कार्यालयले यसको अपनत्व समेत ग्रहण गरेको छ ।

‘खेल्दै सिक्ने केन्द्र आप्mनो वडामा रहेकाले अब यो हाम्रो जिम्मेवारीभित्र पनि पर्ने भएकाले यसका लागि आवश्यक सम्पूर्ण व्यवस्था वडा कार्यालयले गर्नेछ’—नेपालगञ्ज उपनपा वडा नं ४ का अध्यक्ष सफिक बेहनाको प्रतिबद्धता छ ।

नेपालगञ्जको वडा नं ४ र ८ मा दुईवटा खेल्दै सिक्ने केन्द्र सञ्चालनमा रहेका छन् । श्रम गर्नुपर्ने तर विद्यालय जान नसक्ने बालबालिका र किशोरकिशोरीले केन्द्रमा बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म जुनसुकै समयमा आएर पढ्न र खेल्न पाउने व्यवस्था मिलाइएको छ ।

बालबालिकाको उज्ज्वल भविष्य निर्माण र उनीहरुको सम्पूर्ण विकास प्रक्रियामा लगानी गर्नुपर्ने मुख्य उद्देश्य रहेकाले युनिसेफले केन्द्रमा पनि लगानी गर्दै आएको छ, युनिसेफका रामप्रसाद गौतमले बताउनुभयो ।

केन्द्रमा १० वर्षदेखि १९ वर्ष उमेरका विद्यालय छाडेका तथा नगएका बालबालिका र किशोरकिशोरी विषयगत पाठ्यक्रमसँगै स्वास्थ्य, उद्यमशीलता, सूचना तथा प्रविधि, आयआर्जन लगायतका विषयमा ज्ञान हासिल गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu