ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिलबहादुर घर्ती बचाउन साउदी अरबबाट आठ लाख सहयोग


admin
२६ असार २०७५, मंगलबार   ५ : १६   बजे
काठमाडौं, २६ असार । ब्लडमनी तिर्न नसकेर साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्यदण्डबाट बचाउन साउदी अरबबाट आठ लाख रकम संकलन भएको छ ।
आदिवासी जनजाति महासंघ, साउदीका पूर्व अध्यक्ष तथा समाजसेवी हुम सुनारीमगरको नेतृत्वमा साउदीमा क्रियाशील संस्थाहरु पारिवारिक समाज नेपाल, नेपाली प्रवासी समाज, एनए मिडिया लगायत साउदीमा रहेका नेपालीहरुले ले दिलबहादुर घर्तीको जीवन रक्षाका लागि आठ लाख २७ हजार एक सय १८ रुपियाँ संकलन गरेका हुन् । साउदी अरबमा संकलित रकम नेपाल मगर संघले मंगलबार पत्रकार सम्मेलन गरेर ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान–२०७५’ मूल समितिलाई हस्तान्तरण गरेको छ ।
संकलित रकम मगर संघका अध्यक्ष नवीन रोकामगर र नेपाली प्रवासी समाजका पूर्व अध्यक्ष रामप्रसाद सापकोटाले ‘दिलबहादुर घर्ती बचाउनका लागि ब्लडमनी संकलन अभियान’ मूल आयोजक समितिका सदस्य तथा दिलबहादुरकी पत्नी मनिका बुढालाई हस्तान्तरण गरेका हुन् । रोल्पा नगरपालिका–१०, रोल्पा घर भएका दिलबहादुर विगत दुई वर्षदेखि साउदीको जेलमा छन् ।
उनले चलाएका ट्रकमा साउदी नागरिकले चलाइरहेको कार ठोक्किन आउँदा साउदी नागरिकको मृत्यु भएपछि अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाइ मृतकका परिवारलाई २ लाख २५ हजार रियाल करिब ६५ लाख रुपैया) क्षतिपूर्ति दिन फैसला गरेको छ । साउदीस्थित नेपाली दूतावासले गरेको पुनरावेदनमा अदालतले गत चैत २२ गते पुरानै फैसलालाई सदर गरेपछि दिलबहादुरले मृतकका परिवारलाई ६५ लाख तिर्नैपर्ने भएको हो ।
पत्रकार सम्मेलनमा मगर संघका अध्यक्ष नवीन रोकामगरले दिलबहादुरको जीवन रक्षाका लागि सहयोग गर्ने बसैलाई धन्यवाद दिए । ‘यो अभियानमा सहयोग गर्ने सबैलाई मगर संघ धन्यवाद दिन चाहन्छ,’ उनले भने, ‘उनको जीवन रक्षाका लागि हामीले अझै सहयोग संकलन गर्नुपर्नेछ । म सहयोगका लागि सबैलाई आग्रह गर्दछु ।’ पत्रकार सम्मेलनमा नेपाली प्रवासी समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार रामप्रसाद सापकोटाले दिलबहादुरको जीवन रक्षाका लाथि आर्थिक संकलन गरी हस्तान्तरण गर्न पाउँदा आफू खुशी रहेको बताए ।
उनले सहयोग गर्नेहरु सबैलाई धन्यवाद समेत दिए । उनले साउदीमा नेपालीहरुले विभिन्न कठिनाईहरु भोगीरहेको उल्लेख गर्नुहुँदै नेपाल सरकार गम्भीर हुनुपर्ने बताए । पत्रकार सम्मेलनमा दिलबहादुर घर्तीकी पत्नी मनिका बुढाले आफ्नो श्रीमान जेलबाट सकुशल मुक्त हुनेमा आफू ढुक्क रहेको बताईन् ।
‘मलाई मेरो श्रीमान फर्केर आउनु हुन्छ की हुन्न भन्ने द्विविधा थियो । जब स्वदेश तथा विदेशमा रहनुभएका दिदी बहनी तथा दाजुभाईहरुबाट मैले सहयोग पाएँ, अब म ढुक्क छु,’ उनले भनिन् । ४० लाख जम्मा भयो दिलबहादुरको जीवन रक्षाका लागि मूल समितिको नाममा खोलिएको खातामा ४० लाख रकम जम्मा भएको छ । सोमबार साउदी अरबबाट प्राप्त रकमसहित बैंक खातामा ४० लाख पुगेको मनिका बुढाले जानकारी दिईन् । ‘४० लाख पुग्यो, अझै २५ लाख बाँकी छ,’ उनले भनिन्, ‘सहयोग अझै उठ्नेमा आशावादी छु ।’
दिपेश पुनको संयोजकत्वमा गठित दिलबहादुर घर्ती बचाउ अभियानले अपुग रकमका लागि सबैमा आव्हान समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group