ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा (थ्री एस अप्रेसन) थप प्रभावकारी बन्दै – एसपी राठौर


एबीसी न्यूज
२६ असार २०७५, मंगलबार   ९ : ३८   बजे

चितवन, २६ असार । चितवन प्रहरीले अपराधीक गतिविधिलाई निस्तेज पार्ने उद्देश्यले गठन गरेको ( थ्री एस अप्रेसन ) थप प्रभावकारी बन्दै गएको छ । अपराधीक तत्वलाई निस्तेज पार्न एसपी शुशील सिंह राठौरले खेलेको भुमिकाले अहिले थप निरन्तरता पाउदै गएको छ ।

समाजलाई स्वच्छ , भयरहित बनाई जनताले बाँच्न पाउने भुमिकालाई मध्ययनजर गर्दै संयुक्तरूपमा गठित सादा पोशाकका प्रहरीले अपराध नियन्त्रणमा एक पछि अर्को सफलता हात पार्दै गएका छन् ।
विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका अपराधीलाई पक्राउ गर्नु नै विशेष प्राथमिकतामा राखेका राठौरले फरार ब्यक्तिलाई नियन्त्रणमा लिन थालेका छन् ।

ज्यान मार्ने उद्योग र जवरजस्ती चोरी मुद्दामा संलग्न रहि फरार रहेका भरतपुर महानगरपालिका वर्डा नम्बर १२ बस्ने बर्ष २५ को कान कुहिए भन्ने अनिल परियारलाई सोमबार चितवन प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।
परियारमाथि २०७२ कार्तिक १९ गतेका दिन राती १० बजेको समयमा भरतपुर महानगरपालिका वर्डा नम्बर ९ मा रहेको केन्द्रीय बस टर्मिनलमा निती राई जगत पुन मगरलाई कुटपिट गरि घाइते बनाउनुको साथै झन्डै ५ लाख ८ हजार ५ सय रुपैयाँ बराबरको घनमाल लुटपाट गरेको आरोप लागेको थियो ।

उक्त चोरीमा संलग्न रहेको आरोपमा चितवन प्रहरीको विशेष टोलीले यस अघि नै दुई जनालाई पक्राउ गरि जिल्ला अदालतको आदेशमा आवश्यक कार्वाहीका लागी थुनामा पठाइसकेको थियो ।
आरोपमा संलग्न अर्का एक जना अन्य आरोपित भने हालसम्म फरार रहेकोे र उनको पनि खोजीका लागी प्रहरी कडाइका साथ लागिपरेको चितवन प्रहरीका प्रमुख एसपी राठौरले बताउनुभयो । यसैैबीच, प्रहरीकै विशेष टोलीले केही सार्वजनिक अपराध मुद्दामा संलग्न रहि फरार हुँदै आएका भरतपुर महानगरपालिका वर्डा नम्बर २ क्षेत्रपुर बस्ने बर्ष २२ को शिबु थापालाई समेत पक्राउ गरेको छ । सोमबार पक्राउ परेका उनलाई चितवन जिल्ला प्रशासन समक्ष हाजिरी गराइएको एसपी राठौरले बताउनुभयो ।
राठौरका अनुसार उनीमाथि समाजमा अशान्ति फैलाएको, डरत्रास देखाइ समाजलाई आतंकित पार्नुका साथै भय सृजना गरि गुण्डागर्दी गर्ने गरेको र प्रहरीको फरार सूचिमा रहेका उनिलाई प्रहरीले सोमबार पक्राउ गर्न सफल भएको थियो ।
घट्नामा संलग्न रहेको आरोपमा यसअघि चितवन प्रहरीले नै भरतपुर महानगरपालिका १२ बस्ने बर्ष २८ को चन्द्रे भन्ने राजकुमार लामालाई १५ हजार घरौटी तिराई छुटेकोमा अन्य २ जना भने फरार रहेको र उनीहरुको समेत खोजी कार्यलाई सशक्त रूपमा अघि बढाइएको एसपी राठौर बताउनुहुन्छ ।
कानुनी नजरमा फरार हुन्छु भन्दैमा फरार हुन नसक्ने भन्दै एसपी राठौरले एक न एक दिन कानुनी दायराभित्र आउने नै भएकोले फरार अपराधीलाई सकेसम्म आत्मसम्पर्ण गर्न सुझाव दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group