नायिकामाथि दुष्कर्मको आरोप लागेका मिथुन चक्रवर्तीका छोरा महाअक्षय (मिमोह) ले मंगलबार विवाह गरेका छन् ।
मिमोहकी वकिल प्रियंका कृपाशंकर दुबेले यसको पुष्टि गरेकी छिन् । यसबारे जानकारी दिँदै प्रियंका भन्छिन्, ‘विवाहको मिति सोमबार अबेर राती निर्धारण गरिएको हो । होटलमा विवाहको तयारी भइरहेको अवस्थामा शुभ काममा किन ढिलाई भन्ने धेरैले सोच्यौं । मंगलबार हिन्दु रिति रिवाजमा दुबैको विवाह भयो । यसअघि यी दुईले शनिबार अदालतमा गएर विवाह दर्ता गराएका थिए ।’
मिमोहले आफ्नो ट्वीटर अकाउन्टमा विवाहका तस्बिर पोष्ट गर्दै लेखेका छन्, ‘लेडिज एण्ड जेन्टलम्यान, चक्रबर्ती दम्पत्ती’ एजेन्सी
प्रतिक्रिया दिनुहोस्