काठमाडौं, २८ असार । हिन्दु नारीहरुको विशेष महत्वपूर्ण पर्वको रुपमा रहेको तिज लाई आम हिन्दुले आफ्नो पतिको लामो आयुको कामना गर्दै वर्त बस्ने गर्दछन । महिलाहरुले मीठो मसिनो खाने, दिल खोलेर गाउने र उन्मुक्त नाच्ने सप्तरंगी पर्व हो, तीज । तीज गीतको मौलिक भाका छ, मर्म छ ।
त्यसो त कुनै पनि गीत र भाकाले निश्चित परिस्थिति, परिवेश, कालखण्ड, भूगोल आदिको प्रतिनिधित्व गर्छ । तीज गीतको पनि यस्तै मौलिक विशेषता छ । यसको गाउने समयसीमा पनि छ ।
नाग पञ्चमीदेखि पञ्चमीसम्म तीज गीत गाउने प्रचलन छ । खासगरी महिलामाथि हुने उत्पीडन, ज्यादतीलाई गीतमा उनेर गाइन्छ, तीजमा । महिलाहरुले वर्षभर भोगेका दुस्ख, पीडा, व्यथा, अपहेलना, अप्ठ्यारालाई गीतको माध्यामबाट बेदनाहरु पोख्ने गरेको पाईन्छ । तीजको अवसर पारेर तीज गीत पनि रिलिज हुने क्रममा छन्। कतिले त रिलिज पनि गरिसकेका छन्। त्यसतै लोक दोहोरि क्षेत्रमा जमेकी गायिका लक्ष्मी तामाङले छम छम छम बोलको तिज गीत भर्खरै मात्र सार्वजनिक गरेकी छिन्।
हेर्नुहोस् तिज गीतको भिडियो
प्रतिक्रिया दिनुहोस्