नयाँदिल्ली, २८ असार । एक नेपालीयुवाले भारतको राजधानी नयाँदिल्लीमा प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन्। सप्तरीका मानव अधिकारकर्मी प्रकाशमणि राउत भारतमा सम्मानित भएका हुन्।
कन्स्टिट्युसन क्लबले आयोजना गरेको एक दिवसीय समारोहमा सम्मानित गरिएको छ । मानवअधिकारकर्मी राउतलाई गोल नामक संस्थाले सम्मानित गरेको हो।
दीग्लोरियस अर्गनाइ जेसन फर एक्सेलेरेटेड टु लिटरेसीले राउतलाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानगर्दै ट्रफी र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेको छ।
भारतको केन्द्र सरकारका पूर्वमन्त्री कमलसिंह नेगी र भारती यजनता पार्टीका वरिष्ठ नेता डा. दिनेश उपाध्यायएवम् वर्खा शुक्ला सिंह लगायतले राउतलाई सम्मान गरेकाथिए।
सामाजिक तथा मानवअधिकार क्षेत्रमा आधा दशक देखि सक्रिय राउत नेपाल पिछडा वर्ग महासंघको भ्रातृ संगठन ओविसी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष हुन्।
प्रतिक्रिया दिनुहोस्