ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शुल्क  नबढाउन अखिल क्रान्तिकारीको माग, यस्ता छन् अन्य मागहरु


एबीसी न्यूज
२८ असार २०७५, बिहिबार   ६ : ५१   बजे

काठमाडौं,२८ असार । अखिल क्रान्तिकारीले भर्नाको मुखमा आएर अभिभावकलाई मार पर्नेगरी शूल्क वृद्धि गर्न लागेको भन्दै रोक्न माग गरेको छ । उसले शुल्क निर्धारणको लागि वैज्ञानिक मापदण्ड बनाउनु पर्ने माग पनि गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको सिटिइभिटी क्षेत्रीय समन्वय समितिले विहीबार शुल्क फिर्तासँगै पाँच बुँदे मागपत्र बुझाएको छ । सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेलाई ज्ञापनपत्र बुझाउँदै शुल्क तत्काल नबढाउन र वैज्ञानिक मापदण्ड अवलम्वन गर्न माग गरिएको छ ।

संगठनका सिटिइभिटी संयोजक हर्कबहादुर बिकका अनुसार शुल्कसँगै छात्रवृत्ति कोटा बढाएर २० प्रतिशत पुर्याउन, मौका परीक्षाको व्यवस्था गर्न, मापदण्ड नपुगेका शैक्षिक संस्थाहरुलाई सम्बन्धन नदिन र मापदण्ड विपरीत सञ्चालित शैक्षिक संस्थाहरुलाई कडाईपूर्वक अनुगमन गरी कारवाही गर्न पनि मा गरिएको छ ।

संयोजक बिकले हस्ताक्षर गरेको मागपत्रमा सिटिइभिटी निम्न मध्यम वर्गीय जनताका छोराछोरीले प्राविधिक शिक्षा अध्ययन गर्ने संस्था भएको तर केहि भ्रष्ट र शैक्षिक माफियाका कारण अपारदर्शिता र भ्रष्टाचारको अखडा बनिरहेको बताइएको छ ।
“नेपालको शिक्षा क्षेत्रको प्राविधिकतर्फको महत्वपूर्ण संस्था सिटिईभीटी देशको निम्न मध्यम वर्गीय जनताका छोराछोरीले अध्ययन गर्ने संस्था हो ।

तर बिडम्बनाको कुरा, राज्यले नै शिक्षाको दायित्व ग्रहण गर्नुको साटो शिक्षालाई व्यापारिक वस्तुझैं बनाएकोले संस्था र राज्यमा बसेर आफ्नो स्वार्थ पुरा गर्ने केहि भ्रष्ट ब्यक्तिहरु र शैक्षिक माफियाका कारण यो संस्था सधैं अपारदर्शिता र भ्रष्टाचारको अखडा बनिरहेको कुरा दुःखद छ ।

सिटिइभीटीको पारदर्शिता, प्राविधिक जनशक्ति उत्पादनमा प्रभावकारी भूमिकाको बढोत्तरी, निम्न मध्यम वर्गका जनताको पहुंचमा सिटिइभीटी हुनुपर्ने लगायत समग्र शैक्षिक प्रणालीको रुपान्तरणका निम्ति संघर्षरत हाम्रो संगठन अखिल ९क्रान्तिकारी०द्वारा तपशिलका विषयहरुमा यो मागपत्र पेश गरिएकोछ । यी मागहरुको सुनुवाइको निम्ति १० दिनको समयावधी उपलब्ध गराउदछौं ।

अन्यथा कडा संघर्षका कार्यक्रम गर्न बाध्य हुने जानकारी गराउँदछौं” मागपत्रमा भनिएको छ ।

यास्ता छन् पाँचे बुँदेमाग

१ ) शिक्षा मन्त्रालयले गठन गरेको ‘शूल्क निर्धारण तथा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई सेवामा लगाउने आधार सम्बन्धी समिति’को सिफारिसमा शिक्षा मन्त्रालयले सिटिईभिटी अन्तरगतका सबै कार्यक्रममा शूल्क बढाउन गरेको नियोजित प्रस्तावप्रति खेद प्रकट गर्दछौं । साथै शुल्क वृद्धि रोक्न जोडदार माग गर्दछौं । शुल्क निर्धारणको लागि वैज्ञानिक मापदण्ड अवलम्वन गरि लागु गरियोस ।

२)  हाल प्रदान गरिएका विभिन्न कार्यक्रम अन्तर्गतका १० प्रतिशत छात्रवृत्ति कोटा लक्षित वर्गका विद्यार्थीको पहुँचमा पुग्न नसक्नुका साथै अपर्याप्त भएकोले उक्त छात्रवृत्ति कोटामा पारदर्शी प्रक्रिया अपनाइयोस् । साथै छात्रवृत्ति कोटा २० प्रतिशत पु¥याउन जोडदार माग गर्दर्छौ ।

३ )हालको परीक्षा प्रणालीले मौका परीक्षाको व्यवस्था नगरेको हुँदा हजारौं विद्यार्थी एक वर्षसम्म परीक्षाको लागि पर्खिनुपर्ने र यसबाट विद्यार्थीलाई व्ययभार पर्ने र समय खेर जाने भएका कारण विद्यार्थी मर्कामा पर्ने भएकाले अनिवार्य रुपमा मौका परीक्षाको व्यवस्था गरी तुरुन्तै लागू गरियोस् ।

४ ) मापदण्ड अनुसार आवश्यक पूर्वाधार लगायतका प्रक्रिया पूरा नगरेका शैक्षिक संस्थाहरुलाई पहँुचका आधारमा, प्रलोभनमा परेर सम्बन्धन दिन खोजिएकोप्रति आपत्ति प्रकट गर्दै यस्तो गरिएमा कडा संघर्षमा उत्रिन वाध्य हुनेछौं ।

५) मापदण्ड विपरीत सञ्चालित शैक्षिक संस्थाहरुलाई कडाईपूर्वक अनुगमन , नियमन र कार्वाही गर्न माग गर्दछौं ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu