ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोल्पाली जनता दुषित पानी पिउन बाध्य


एबीसी न्यूज
२९ असार २०७५, शुक्रबार   ४ : २८   बजे


डोल्पा,२९ असार । वर्षायामको सुरुसँगै डोल्पाली जनता दुषित पानी पिउन बाध्य भएकाछन् । दुईसाता देखिको निरन्तर बर्षातका कारण शुद्ध पिउने पानीको स्रोतका रुपमा रहेका खहरेखोलाहरुमा पानीको बहाव बडेर फोहोर पानी बग्न थालेपछि डोल्पाली जनता दुषित पानी पिउन बाध्य भएका हुन् ।

जिल्लाका अधिकाशं खानेपानीका मुहान खहरे खोलामै बनाईएकाले पनि बर्षातको समयमा पानी दुषितहुने गरेको त्रिपुरा सुन्दरी नगरपालिका १ का स्थानीय गौरीशंकर उपाध्यायले बताए ।

जिल्लाका सबैजसो खहरे खोलामा पानीको बहाव बडेको छ,पानीको बहावसँगै स–साना काठका टुक्रा,माटो,बालुवा लगाएतका बस्तुहरु बगाएर ल्याउने गरेपछि धारामा समेत फोहोर धमिलो पानी आउने गरेको छ” उनले भने । “बर्षायामको सुरुसँगै पानीको मुहाननै ठुलाठुला ढुङ्गा काठहरुले बन्दहुने भएकाले कहिलकाँही धारामा पानी नै आँउदैन्” उहाँले थप्नुभयो ।

वर्षायामको सुरुसँगै त्रिपुराकोट ,गल्ली ,रल्ली, पहाडा ,जुफाल,दुनै,खदाङ लगाएतका जिल्लाका अधिकाशं बस्तीहरुका जनताहरु दुषित पानी पिउन बाध्यछन् ।
बर्षातको समयमा पानीका मुहाननै दुषितहुने भएकाले धारोमा पनि दुषित पानी नै आँउछ्,दुषित पानी प्रयोगगर्दा झाडापाला,रुघाखोकी,छालाजन्य रोगको संक्रमणहुने खतराहुने हुन्छ ”स्वास्थ्य चौकी त्रिपुराकोटकी स्वास्थ्यकर्मी सावीत्री सिँहले भनिन् ।

बर्षातमा पानीलाई उमाल्ने,सोडिस गर्ने,फिल्टरिङ लगाएतका विभिन्न शुद्धीकरणका बिधिहरु अपनाएर मात्र मात्र पानीको प्रयोग गर्नुपर्ने स्वाथ्यकर्मीले आग्रह गरेकाछन् ।
बर्षायाममा फोहोर पानीको प्रयोग धेरैहुने गरेकाले स्वास्थ्य सँस्था तथा निजि मेडिकल सेन्टरहरुमा झाडापखाला,ज्वरो,रुघाखोकी का बिरामिहरु एपचारकालागि धेरै आउने गरेको मेडिकल संञ्चालकहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu