ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 पानी पर्दा विधुत सेवा अवरुद्ध, पाल्पा, गुल्मी र अर्घाखाँचीका जनता प्रभावित ।


एबीसी न्यूज
३१ असार २०७५, आइतबार   ११ : ४५   बजे

पाल्पा ३१ असार । पाल्पामा मौसम परिवर्तन हुदा, आकाशमा कालो बादल देखिदा, सामान्य पानी पर्दा विधुत सेवा अवरुद्धले जनता हैरानीमा परेका छन । दैनिक ७१ पटक सम्म विधुत सेवा अवरुद्ध भएपछि पाल्पालीले मात्र होइन , छिमेकि जिल्ला गुल्मी र पुर्वि अर्घाखाचीका जनताले समेत सास्ती खेप्दै आएका छन ।

पाल्पाको वतासे डांडामा रहेको सव स्टेसन भएर गुल्मी र अर्घाखाची जिल्लाका लागि पनि विधुत सेवा विस्तार भएकोले पाल्पामा विधुत अवरुद्ध हुदा त्यसको असर छिमेकी जिल्लामा पनि परेको हो ।

सरकारले देशभरी नै लोडसेडिङ मुक्त घोषणा गरेपनि पाल्पामा भने अघोषित लोडसेडिङ बाट जनताहरु पिडित भएका छन । छिन छिनमा आउने, छिन छिनमा विधुत अवरुद्ध हुदा विधुत सरसमान अत्याधिक रुपमा विग्रिएको, सर्ट भई ड्यामेज भएको, उपभोक्ताले बताएका छन ।

पटक पटक विधुत अवरुद्ध हुदा, अनिवार्य रुपमा फ्रिजिङ गर्नुपर्ने मासु, दुध, आईक्रिम जस्ता सरसमान विग्रिएको उपभोक्ताले बताएका छन । पाल्पामा अधिकाश स्थानमा लिफ्ट प्रणालीबाट खानेपानीको वितरण हुदै आएकोले विधुत अवरुद्ध हुदा पानी खान बाट समेत बञ्चित भएका छन । पटक पटकको अघोषित लोडसेडिङ पाल्पाका ठुला ठुला होटल व्यबसायीहरु प्रत्यक्ष मारमा परेका छन ।

पटक पटकको विधुत अवरुद्धले फर्निचर व्यबसाय समेत नराम्रो संग प्रभावित भएको छ । अडर भएका फर्निचरका सरसमान समेत विधुत अवरुद्ध बनाउन नपाएको, कामदार दिनभरी खाली बस्नु परेको, विधुतकै कारण लाखौ रुपैया घाटा भएको फर्निचर व्यबसायीहरुको गुनासो रहेको ।

दैनिक रुपमा पटक पटकको विधुत अवरुद्धले जनता मिडिया उधोगहरु तथा संचारकर्मीहरु समेत अघोषित लोडसेडिङको प्रत्यक्ष मारमा परेका छन । लामो समय सम्म विधुत अवरुद्ध हुदा जिल्लामा संचालित एफ एम रेडियोको प्रशारण समेत अवरुद्ध हुदै आएको छ भने पत्रपत्रिका समेत नियमित रुपमा प्रकाशित हुन सकेका छैनन ।

तानसेनमा उच्च शिक्षा र माध्यमिक तहको शिक्षाको लागि अध्यान गर्न आउने विद्यार्थीको लागि लोडसेडिङले नराम्रोसँग प्रभावित तुल्याएको छ । परिक्षको समय छ । अन्धकारमा बस्नु परेको विधार्थीहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu