ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापान सरकारको सहयोगमा विद्यालय पुनःनिर्माण


एबीसी न्यूज
३२ असार २०७५, सोमबार   ११ : १८   बजे

नुवाकोट, ३२ असार । जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा जापानी सहयोग नियोग (जाइका) मार्फत निर्माण गरिएको तादी गाउँपालिका–२ मैदानस्थित रालुका माध्यमिक विद्यालयको १६ कोठे भवन आइतबार समुदायलाई हस्तान्तरण गरिएको छ ।

तीन वर्षअघिको विनाशकारी भूकम्पले पूर्ण क्षति पु¥याएको विद्यालयको भवन रु तीन करोड ८९ लाख १७ हजार लगानीमा निर्माण गरिएको भूकम्प प्रतिरोधी पक्की भवन र विद्यालयका लागि आवश्यक पर्ने फर्निचरलगायतका सहायता सामग्री गाउँपालिकाको उपाध्यक्ष ईश्वरी उप्रतीले विद्यालय व्यवस्थापन समितिका सदस्य डोलकुमारी थापा ‘जानुका’लाई हस्तान्तरण गर्नुभयो ।

भवनको साँचो र निर्माण सम्पन्न प्रमाणपत्र हस्तान्तरण गर्दै उपाध्यक्ष उप्रेतीले भूकम्पले क्षति पुगेको विद्यालयको लागि चाहिने सबै शैक्षिक सामग्रीसहितको संरचनाको निर्माण पूरा भएकाले अब विद्यालय प्रशासन, अभिभावक र विद्यार्थीबीचको समन्वयमा गुणस्तरीय शिक्षा प्रवाहमा केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का जिल्ला प्रमुख वैकुण्ठ सुवेदीले भूकम्पले क्षति पुगेका विद्यालय निर्माणको कार्यलाई तीव्र गतिमा अघि बढाइएको जानकारी दिनुभयो ।

उहाँको अनुसार जापान सरकारको ऋण सहयोगमा ‘आपत्कालीन विद्यालय पुर्ननिर्माण’ कार्यक्रममार्फत केन्द्रीय ठेक्का प्रणालीबाट सम्झौता भएको रालुका माविसहित ५७ विद्यालयमध्ये केहीको निर्माण सम्पन्न नजिक र केही ठेक्का प्रणालीमार्फत काम शुरु गर्न लागिएको छ ।

जाइकामार्फत जिम्मेवारी पाएको डिजाइन एण्ड सुपरीभिजन कन्सल्टेनका जिल्ला अनुगमन इञ्जिनियर गणेश कँडेलका अनुसार जापान सरकारको सहयोगमा निर्माण गर्न लागिएको ५७ मध्ये श्यामसुन्दर र गुलिभर जेभीले निर्माण गरेको रालुका मावि पहिलो भएकाले बाँकी विद्यालयको भवन पनि छिट्टै सम्पन्न हुने गरी कामलाई तीव्र बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज राति यी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

परिवर्तनको आन्दोलनलाई घात नगर्न प्रधानमन्त्री पद अस्वीकार गरेँ: रवि लामिछाने

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu