इटाली, ३ भदौं । इटालीको मिलान शहरमा नेपाली भाषाका पाठशाला संचालनमा आउने भएको छ । नेपाल मितेरी मंच मिलानको आयोजनामा गरेको तीज विशेष कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष विशाल तामाङले छिट्टै नेपाली भाषाको पाठशाला संचालनमा ल्याइने बताउँनु भएको हो । उनले भने, छिट्टै मिलान शहरमा नेपाली वालवालिकाका लागि नेपाली भाषाको कक्षा सञ्चालन गर्ने गरिने छ ।
नेपाली भाषाको पाठशाला स्थापनाका लागि मञ्चका अध्यक्ष तामाङ विगत देखी नै कृयाशिल थिए । मञ्चका अध्यक्ष तामांगको पहलमा विदेशमा रहेका बालबालिकाहरुले पनि नेपाली भाषामा अध्ययन गर्न पाउने व्यवस्था सुरु हुन लागेको भन्दै त्यहाँ रहेका नेपालीहरुले खुशी व्यक्त गरेका छन् ।
इटलीमा रहेका नेपाली संघ संस्थाहरुको सहयोगमा शिक्षा मन्त्रालयबाट प्राप्त नेपाली तथा अंग्रेजी विषयका पुस्तकहरु समेत वितरण गरिएको थियो । मञ्चका अध्यक्ष विशाल तामाङले केही दिन अगाडी नेपालबाटै पाठ्य पुस्तक इटली पुर्याएका थिए । सोही पुस्तक गैर आवासीय नेपाली संघ इटालीका अध्यक्ष क्षेत्र कुमार श्रेष्ठबाट वितरण गरिएको हो ।
पुस्तक वितरण कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले नेपाल मितेरी मंच मिलानले शुरु गरेको यस अभियानमा नेपाल सरकारले पनि उत्तिकै महत्व र सहयोग गरेको भन्दै दुवै पक्षको प्रशंसा गरे ।
प्रतिक्रिया दिनुहोस्