ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्ट्रपति हुनु त क्रोएसियाका जस्तो : विश्वमै उदाहरणीय बनिन क्रोएसियाकी राष्ट्रपति खेलाडीसंगै मैदानमा रुदै (फोटो फिचर)


एबीसी न्यूज
३२ असार २०७५, सोमबार   १ : ४९   बजे
काठमाडौं । क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबार–किटारोविचपछिल्लो समय क्रोएसिया फाइनलमा पुगेर जसरी विश्वमा चर्चित बन्यो । त्यसैगरि विश्वमै उनी छाएकी छन् । आइतवार सम्पन्न विश्वकप फुटबलको फाइनल खेलपछि विश्वभरका मिडियामा धेरै चर्चा भएको एउटा पात्र हुन् किटारोविच ।

मस्कोमा भएको फ्रान्स र क्रोएसियाबिचको फाइनल खेल हेर्नका लागि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र किटारोविच पुगेका थिए । यस्तै आयोजक रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि ।म्याक्रोन, पुटिन र किटारोविचलेसँगै बसेर खेल हेरे । म्याक्रोन औपचारिक पोशाकमा थिए भने विश्वकपको फाइनलमा पुगेर इतिहास बनाएको क्रोएसियाली राष्ट्रपति किटारोविच जर्सी लगाएर पुगेकी थिइन् । उनले टिमको हौसला बढाइन् ।

खेल सकियो, जित्यो फ्रान्सले । म्याक्रोनको अनुहारमा खुशीको सञ्चार भयो । किटारोविचलाई नमिठो पक्कै लाग्यो तर उनले फ्रान्सको खुशीमा आफ्नो खुशी मिलाइन् । अनि खेलाडीले देशका लागि फाइनलसम्म पुगेर दिलाएको ऐतिहासिक उपलब्धीको सम्मान पनि ।

मैदानमा क्रोएसियाली खेलाडी निराश थिए । अवार्ड वितरण समारोहको पर्खाई उनीहरुका लागि अप्ठ्यारो भइरहेको थियो सायद किटारोविचलाई थाहा थियो, खेलाडीको उर्जा फेरि सञ्चार गर्नु पर्छ भन्ने र उनलाई कुटनीतिक सम्बन्धको पनि ख्याल थियो ।अवार्ड वितरण समारोहका लागि फिफाका अध्यक्ष जियानी इन्फान्टिनोसहित रुसी राष्ट्रपति पुटिन, फ्रान्सेली राष्ट्रपति म्याक्रोन र क्रोएसियाली राष्ट्रपति किटारोविच मैदानमा आए ।

त्यसबेला पनि किटारोविचले आफ्नो सौहार्दता प्रस्तुत गरिन्, म्याक्रोनको हात समातेर उनी अघि बढिन् । अवार्ड वितरण सुरु भयो । फ्रान्सका केलियन एमबाप्पेले फिफा युवा खेलाडी अवार्ड पाए । क्रोएसिया फाइनलमा पराजित हुनुमा उनको गोल पनि कारक थियो, तर किटारोविचले एमबाप्पेलाई सन्तान जसरी नै माया गरिन्, अँगालो हालिन् ।

त्यसपछि पालो आयो आफ्नै खेलाडी, जो निराश थिए हारले । लुका मोड्रिक प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाउने गोल्डेन बल अवार्ड लिन अघि बढे । अवार्ड पाएको खुशी भन्दा विश्वकप जित्न नसकेको पीडा लुकाको अनुहारमा धेरै थियो ।

फिफाका अध्यक्ष, फ्रान्स तथा रुसका राष्ट्रपति हुँदै उनी आफ्नो देशकी राष्ट्रपति किटारोविचसम्म पुगे । पानी परिरहेको थियो, किटारोविचले लुकालाई धेरैबेर अँगालो हालिन् । गाला थमथमम्याइन्, सायद लुकाको झर्दै गरेको आँसु पुछिन् ।

जसरी एक आमाले सन्तानको पीडालाई आफ्नै जसरी महसुस गर्छन्, त्यसैगरी उनले लुकालाई सम्हालिन बाटो देखाइन् । किटारोविचबाट छुट्टिँदा लुकाको अनुहारमा हारको पीडा भन्दा रुसमा आफूहरुले प्राप्त गरेको ऐतिहासिक सफलता झल्किएको थियो ।

जर्सीमा रहेकी किटारोविचले क्रोएसियाका सबै खेलाडीलाई उसैगरी माया गरिन् । अँगालो हालिन्, सान्त्वना दिइन् र प्राप्त गरेको सफलताका लागि बधाई पनि । उनले फ्रान्सेली खेलाडीलाई पनि उसैगरी स्नेह देखाइन् ।

सायद उनमा त्यो बेला राष्ट्रपति भन्दा पनि ‘आमा’ को रुप बाँचेको हुनु पर्छ, उनले आमा जस्तै माया गरिन् ।

  

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group