ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपन्देहीमा किसान परिचय पत्र वितरणको तयारी


एबीसी न्यूज
३२ असार २०७५, सोमबार   २ : ५४   बजे

बुटवल,३२ असार । दुध उत्पादनमा आत्मनिर्भर बनेको रुपन्देहीको देवदह नगरपालिकाले आगामी आर्थिक बर्ष देखि किसान परिचय पत्रको अवधारण अगाडी बढाएको छ । मेयर हिरा बहादुर खत्रीका अनुसार यस बर्ष नै देवदह नगरपालिकाले किसान परिचय पत्र वितरणको योजना अगाडी बढाएको हो ।

वास्तविक किसान पहिचान गरी अनुदान लगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्नको लागि यस्तो किसान परिचय पत्रको अवधारण अगाडी बढाइएको हो । किसानले पाएका विभिन्न सेवा सुविधाहरुलाई विवरणको रुपमा राख्ने गरी यस्तो कार्य अगाडी बढाइने मेयर खत्रीको भनाई रहेको छ ।

नगरपालिकाले थप १ हजार गाईमा कृतिम गर्भाधान गराउने पनि लक्ष्य लिएको छ । विदेश बाट आयात गरिएको बाच्छी मात्रै जन्मीने (सेक्स सिमोन) १ हजार डोज आगामी आर्थिक बर्षमा वितरण गरिने भएको हो । देवदह नगरपालिकाको तेस्रो नगरसभाबाट खासगरी पशुको नस्ल सुधारको लागि उक्त योजना अगाडी बढाइएको देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाका अनुसार यसको लागि टेन्डर आह्वान प्रक्रिया अगाडी बढाई सेक्स सिमोन खरिद गरी वितरण गरिने छ । एउटा डोजको न्युतम ३ हजार रुपैयाँ पर्दछ । सोही अनुरुपमा ३० लाख रुपैयाँ विनियोजन गरी किसानलाई निःशुल्क रुपमा सिमाने उपलब्ध गराउन लागिएको हो ।

सिक्स सिमोनको माध्यमबाट गर्भधान गराउँदा गाईले बाच्छी नै पाउने संभावना ९९ प्रतिशत रहेको छ । नेपाल सरकारले केही समय देखि सानो संख्यामा यो सिमोन वितरण गर्दै आएकोमा यस पटक देवदहले आफै यसको थालनी गर्न लागेको हो । देवदहमा बार्षिक १० हजार गाईमा कृत्रिम गर्भाधान गराउन सिमोन आवश्यक पर्दछ । तर अहिले पहिलो चरणमा १ हजार गाई मा कृत्रिम गर्भधान गराउने योजना अगाडी बढाइएको हो ।

मेयर खत्रीका अनुसार पशुधन विमामा मा ५० प्रतिशत अनुदान नगरपालिकाले दिने भएको छ । गाई, बाख्रा, भैसी, पाडा वा हाँस जे मा पनि किसानले विमा गरेर आएमा त्यसको ५० प्रतिशत प्रिमियम रकम प्रदान नगरपालिकाले गर्ने भएको हो । गत बर्ष नगरपालिका भित्र करिव ४ हजार पशुमा पशुधन विमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu