ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व विजेता फ्रान्सेली टिमलाई ५ लाख भन्दा बढी समर्थकले स्वागत


एबीसी न्यूज
१ श्रावण २०७५, मंगलबार   ७ : ५५   बजे
unn.prixa.net

काठमाडौं, १ साउन । विश्वकपको उपाधि जितेर स्वदेश फर्किएको फ्रान्सेली टिमलाई भव्य स्वागत गरिएको छ । रसियाबाट साँझतिर घर पुगेको फ्रान्सेली टिमलाई ५ लाख भन्दा बढी समर्थकले स्वागत गरे ।

दोस्रो पटक विश्वकपको ट्रफि सहित विमानस्थलमा ओर्लदा फ्रान्सको टिमको स्वागत समर्थक विमानस्थल बाहिर बाक्लो भिँड लागेको थियो । विमानस्थलमा पनि सरकारी उच्च ओहदाका पदाधिकारीले खेलाडीलाई स्वागत गरेपछि पेरीससम्म पुग्दा पुरै सडकमा लाखौँ समर्थक ओर्लिएका थिए ।

फ्रेन्च भाषामा च्याम्पियन्स खेलेर तयार पारिएको विशेष बसमा खेलाडी जुन बाटोबाट गएका थिए, त्यसको वरपर समर्थकको बाक्लो उपस्थिति रहेको थियो । फ्रान्सको झण्डा बोकेका समर्थक खेलाडीलाई हेर्न निकै लालायित बनेका थिए । जब खेलाडी विमानस्थलबाट पेरीस पुग्ने बाटोबाट गए त्यो खेलाडी समर्थकमा खुसीको सीमा थिएन ।

निकै कडा सुरक्षाका विच खेलाडीलाई पेरीसमा परेड पनि गराइएको थियो । यतिमात्र होइन पेरीसको सडकमा खेलाडी जाँदा फाइटर प्लेनले पनि फ्रान्सको झण्डाको रंगको विशेष सो पनि गरेका थिए । फाईनलमा क्रोयसियालाई हराउदै उपाधि जितेको फ्रान्सेली टिमको जितेको खुसी साँझ ५ बजेबाट सुरु भएर रात भर जस्तै चलेको थियो ।

पेरीसको सडकमा खेलाडी जाने बाटोका लेन पुरै खाली गरिएको थियो भने एक लेनमा पुरै समर्थकले भरिएको थियो । यसका लागि त्यहाँको स्टेटले विशेष सुरक्षाका साथै ट्राफिक व्यवस्थापन पनि पूर्ण रुपमा गरेको थियो ।

नगर परिक्रमा पछि विजेता खेलाडीलाई राष्ट्रपति भवनमा पनि विशेष सम्मान दिइएको थियो । एलसी प्यालेसमा खेलाडीको स्वागतमा भब्य पार्टिको आयोजना गरिएको थियो । जसमा तीन हजार पाहुना आमन्त्रीत थिए ।

जसमध्ये एक हजार भन्दा बढी युवाहरु थिए । यसका साथै फ्रान्सले विश्व विजेता टोलीका हरेक सदस्यलाई देशको सबैभन्दा ठूलो सम्मान दिने भएको छ । उनीहरुलाई लेजियन डी अनरबाट सम्मान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

सम्बन्धित

नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाख बढी गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu