ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाबुआमा गुमाएका नाबालकलाई लायन्स क्लवबाट सहयोग


एबीसी न्यूज
१ श्रावण २०७५, मंगलबार   १० : ५७   बजे

पोखरा, १ साउन । मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३, स्याङ्बोचेमा असार २२ गते शुक्रबार भएको टिपर दुर्घटनामा परी ज्यान गुमाएका मौसम घर्तीमगर र जीतमाया घर्तीमगरका नाबालक छोरालाई सोमबार लायन्स क्लब अफ पोखरा डायमन्ड भिलेजले रु २० हजार १० आर्थिक सहयोग उपलब्ध गराएको छ ।

रोल्पाको थवाङ गाउँपालिका–१, फुर्तीवाङ स्थायी बसोबास भई कामको सिलसिलामा मुस्ताङ पुगेका घर्तीमगर दम्पतीको मृत्यु भए पछि पोखराको नयाँबजारस्थित भाडाको कोठामा बस्दै आएका छोरा १२ वर्षीय विवश र ६ वर्षीय विशेषनलाई कोठामा नै पुगी क्लबका तर्फबाट अध्यक्ष पवित्रा न्यौपानेले उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो ।

महिला मात्रको सो क्लबले एकआपसमा संकलन गरी जुटाएको उक्त रकम सहयोग गरिएको क्लबका संस्थापक अध्यक्ष एवं कार्यक्रम संयोजक कञ्चन थापाले जानकारी दिनुभयो ।

लायन्सले आपतविपतमा परेका सर्वसाधारणलाई सहयोग गर्दै सामाजिक सेवामा समर्पित रहँदै आएको बताउँदै लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट बी १ का क्षेत्रीय अध्यक्ष शिवराज आचार्यले नाबालकका लागि गरिएको सहयोग सराहनीय भएको बताउनुभयो ।

नाबालकका लागि गरिएको सहयोगप्रति रोल्पा-पोखरा सम्पर्क समाजका सल्लाहकार आशमान रोक्काले आभार व्यक्त गर्दै नाबालकद्वयको भविष्यप्रति सबै पक्षको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

हस्तान्तरण समारोहमा क्लबका उपाध्यक्ष पद्मा शर्मा, सचिव लक्ष्मी न्यौपाने, कोषाध्यक्ष कविता गुरुङलगायत क्लबका पदाधिकारी एवं सदस्यको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज राति यी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

परिवर्तनको आन्दोलनलाई घात नगर्न प्रधानमन्त्री पद अस्वीकार गरेँ: रवि लामिछाने

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu