ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजदेखि बढ्यो इन्टरनेटको मूल्य, थपियो १३ प्रतिशत सेवा शुल्क


एबीसी न्यूज
१ श्रावण २०७५, मंगलबार   ११ : ५१   बजे

काठमाडौं, १ साउन । साउन १ गतेदेखी सरकारले देशभर इन्टरनेट सेवाशुल्क वृद्धि गरेको छ । नेपालमा रहेका इन्टरनेट सेवाप्रदायक कम्पनीले पनि एक हप्ता अगावै सूचना जारी गर्दै टेलिफोन र इन्टरनेट शुल्क वृद्धि हुने जानकारी दिएका छन् ।
आजमङ्गलबारबाट इन्टरनेट प्रयोगमा सेवा शुल्क १३ प्रतिशत थपिएको छ भने टेलिफोनमा लिइँदै आएको ११ प्रतिशत दूरसञ्चार शुल्कलाई १३ प्रतिशत पु¥याएको छ ।

एनसेल, नेपाल टेलिकम, सुबिसु, वल्र्डलिङ्क, मर्कन्टायललगायत विभिन्न सेवाप्रदायक कम्पनीले पनि आजैबाट सेवाशुल्क बढाइका छन् ।
बजेटमा व्यवस्था भएअनुसार साउनबाट टेलिफोनको शुल्क कम्तीमा दुई प्रतिशतभन्दा बढी बढेको छ । सरकारले टेलिफोन सेवा प्रदायकका हकमा मात्र लगाउँदै आएको यो दस्तुर इन्टरनेट सेवामा पनि विस्तार गरेको छ । सरकारले फोन तथा इन्टरनेट सेवामा १३ प्रतिशत वृद्धि गरे पनि प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले कम्तीमा १४ प्रतिशत मूल्य वृद्धि हुने बताउँछन् ।

यो दस्तुर इन्टरनेट सेवा र मोबाइल डाटा प्याकमा समेत लागू हुँदा भ्वाइस र इन्टरनेट दुवै सेवामा शुल्क बढिसकेको छ । भ्वाइस कलमा मात्र लगाउँदै आएको सेवा शुल्क अबदेखि मोबाइल डाटा प्याकमा समेत लाग्ने सेवाप्रदायक कम्पनीको भनाइ छ । सुबिसुले आजदेखि सेवा शुल्कबापत १३ प्रतिशत मूल्य अभिवृद्धि कर र १३ प्रतिशत सेवा शुल्क वृद्धिगरिसकेको छ । सरकारले इन्टरनेट शुल्क बढाएपछि पहिले भ्याटसहित १ हजार १ सय ३० बुझाउनेले अब १ हजार २ सय ८० रुपैयाँ बुझाउनु पर्ने बताए । त्यस्तै भायोनेटले पनि शुल्क बढाइसकेको जनाएको छ । कम्पनीको १२ एमबीपीएस गतिको इन्टरनेटलाई प्रति महिना १४ सय तिर्नु पर्नेमा अब १३ प्रतिशत शुल्क बढेपछि कम्पनीले तीन सय रुपैयाँ बढाई हाल १७ सय ८८ रुपयाँ लिने जानकारी दिएको छ । मुलुकको ब्रोडब्यान्ड नीतिले प्रत्येक नागरिकलाई सस्तो र गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्ने भने पनि सरकारले इन्टरनेटको शुल्क वृद्धि गर्दै लगेको छ ।

इन्टरनेट प्रयोगमा नेपाल शुरूआती चरणमा रहेकाले सरकारले इन्टरनेटकोे मूल्य बढाउनु भनेको उपभोक्तालाई आर्थिक भार पार्नु राम्रो उपभोक्ताहरुको गुनासो रहेको छ । सरकारी स्वामित्वको नेपाल टेलिकमले पनि आइतवार विज्ञप्ति जारी गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्थाअनुसार कतिपय प्याक तथा सेवामा मूल्य समायोजन गरिएको बताएको छ ।
नेपाल टेलिकमले दिएको सेवाहरुमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, एसएमएस प्याकेज, मिस्ड कल एलर्ट, एफटीटीएचलगायत विभिन्न प्याकेजको मूल्य बढाएको छ। त्यसैगरी एनसेलले पनि आफ्ना सेवाहरूमा मूल्य बढाइसेको जनाएको छ । एनसेलले साउन १ गतेदेखि भ्वाइस कल र डेटामा सरकारले तोकेअनुसार १३ प्रतिशत सेवाशुल्क लागू गरिसकेको छ । कम्पनीले सेवाग्राहीलाई १२ दिनअघिदेखि सेवा शूल्क वृद्धिसम्बन्धी जानकारी सहितको एसएमएस पठाइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group