ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवैध नशालु औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी


एबीसी न्यूज
१ श्रावण २०७५, मंगलबार   ६ : १२   बजे

 भक्तपुर, १ साउन । किशोर र युवाहरुलाई लागुऔषधका रुपमा प्रयोग गर्ने नशालु अवैध औषधि बिक्री गरिरहेको अवस्थामा भेटिएपछि आज भक्तपुरको सूर्यविनायकमा एक औषधि पसलमा शिलबन्दी गरिएको छ ।

सूर्यविनायक नगरपालिकाले आज आकस्मिक रुपमा गरेको औषधि पसलको अनुमगनका क्रममा विभिन्न नामका अवैध औषधिसहित बरामद गरेपछि सूर्यविनाक नगरपालिका–६ पाण्डुबजारमा रहेको तेजस्वी फार्मेसी शिलबन्दी गरेको छ ।

नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रहरी, औषधि व्यवस्था विभागका निरीक्षक, नगरपालिकाको बजार निरीक्षक, जनप्रतिनिधि र पत्रकारसहितको टोलीले आज गरेको औषधि पसलको अनुगमनका क्रममा झोलामा पोका–पोका बनाएर बिक्रीका लागि राखिएको औषधि बरामद गरेको थियो ।

यो फार्मेसीबाट अवैध औषधि बिक्री भइरहेको र कलिला किशोर एवं युवाले नशाका रुपमा औषधि सेवन गर्ने गरेको गुनासो आएपछि नगरपालिकाले आकस्मिक रुपमा पसलमा अनुगमन गरेको तिम्सिनाले जानकारी दिनुभयो ।

भक्तपुर नगरपालिका साबिक १४ बस्ने डी। फार्मेसी उत्तीर्ण गरी औषधि पसल सञ्चालन गर्दै आएकी रिना श्रेष्ठले सञ्चालन गरेको उक्त पसलबाट टोलीले ट्रेनडल १०० एमजी, ५० एमजी, क्लोनाज, क्लस्पलगायतका पाँचवटा ब्राण्डका अवैध औषधिहरु बरामद गरेको छ ।

सूर्यविनायक नगरपालिका–५ का वडाध्यक्ष रामेश्वर भुजुले यो पसलबाट अवैध औषधि बिक्री भइरहेको र किशोर तथा युवाहरुले लागुऔषधका रुपमा प्रयोग गर्ने गरेको गुनासो आएको बताउनुभयो ।

औषधि व्यवस्था विभागका फार्मेसी निरीक्षक राम शर्मा पौडेलले पसल शिलबन्दी गरी वयानका लागि पसल सञ्चालकलाई २४ घण्टाभित्र विभागमा बोलाएको बताउँदै त्यसपछि आवश्यक कारबाही शुरु गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu