ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३८ क्विन्टल सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवाल– छानबिन टोली


एबीसी न्यूज
१ श्रावण २०७५, मंगलबार   ९ : १६   बजे

काठमाडौं १ साउन । पाँच वर्ष अवधिमा अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ३८ क्विन्टल सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवाल रहेको छानबिन टोलीको निष्कर्ष छ।

तस्करी छानबिन गर्न सरकारद्वारा गठित विशेष टोलीका अनुसार दुबईबाट सुन ल्याउन रकम जुटाउने काम अग्रवालले गर्थे। अग्रवालभन्दा माथि अरु कुनै व्यक्ति अहिलेसम्म पहिचान हुन नसकेको एक स्रोतले बतायो।
अग्रवालले जम्मा गरेको रकम विमल पोदार लगायत व्यक्तिले हुन्डीमार्फत् सम्बन्धित ठाउँ पुर्याउने गरेको टोलीले खुलासा गरेको छ।
एक सय दुई दिनको अनुसन्धान क्रममा टोलीले सुन तस्करीसँग जोडिएका विभिन्न पक्ष केलाएको थियो। यो सुन तस्करीसँग सम्बन्धित अहिलेसम्मकै ठूलो अनुसन्धान हो। टोली आफ्नो छानबिन प्रतिवेदनलाई अन्तिम रुप दिने क्रममा रहेको स्रोतले जनाएको छ।

विमानस्थलबाट सुन ओसारपसार गर्ने काम ुगोरेु भनिने चूडामणि उप्रेतीले गर्दै आएको टोलीको निष्कर्ष छ।

विमानस्थलदेखि प्रहरी, प्रशासनिक र राजनीतिक तहमा ुसेटिङु मिलाउने जिम्मा राप्रपा प्रजातान्त्रिक नेता भुजुङ गुरुङ र उनकै साला छिरिङ गुरुङको थियो। राम तिवारी भन्ने व्यक्ति पनि गोरेको अवैध धन्दा संरक्षणमा संलग्न पाइएको छ।
उता दुबईमा सुन किनेर नेपाल पठाउने काम गोरेका भाइ रमेश उप्रेती, सन्दीप खड्का लगायतले गर्दै आएका थिए। रमेश दुबईमा पक्राउ परिसकेका छन्। उनलाई नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ।
‘हामीलाई सरकारले जे काम दिएको थियो, त्यो पूरा गरेका छौं,ु छानबिन टोलीका एक सदस्यले भने, ुअहिलेसम्मको छानबिनबाट पाँच वर्ष अवधिमा तस्करी भएको ३८ क्विन्टल सुनमा मोहन अग्रवालको लगानी देखिएको छ। उनकै लगानीको सुन नेपाल भित्र्याएर विभिन्न ठाउँ पुर्याउन गोरे, भुजुङ लगायतका व्यक्ति संलग्न थिए।ु

यति ठूलो संगठित तस्करी सञ्जाललाई राजनीतिक तहबाटै संरक्षण गरिँदै आएको कुरा उठे पनि कसैको नाम पहिचान गर्न टोली असफल रह्यो। टोलीले अन्तिम रुप दिने क्रममा रहेको प्रतिवेदनमा भुजुङबाहेक अन्य कुनै नेता मुछिएको छैन।

ुहामीले दुबईबाट सुन पठाउनेदेखि यहाँ सेटिङ मिलाएर ओसारपसार गर्ने र त्यसमा लगानी गर्ने व्यक्ति सबै पहिचान गरिसकेका छौं,ु स्रोतले भन्यो ुतस्करी सञ्जालका मुख्य व्यक्ति यिनीहरु नै हुन्। राजनीतिक नेताहरुको पनि संरक्षण हुनसक्छ तर त्यसलाई सावित गर्ने प्रमाण फेला पर्न सकेन। विनाप्रमाण कसैलाई आरोप लगाउनु गलत हुन्छ।ु

तस्करीको ३३ किलो सुन हराएको विषयमा मोरङ, उर्लाबारीका सनम शाक्यको हत्या भएपछि सरकारले गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा विशेष अनुसन्धान टोली गठन गरेको थियो।
तस्करीकै क्रममा भित्रिएको ३३ किलो सुन हराएपछि सबै घटना खुलासा भएको थियो। हराएको भनिएको सुन खोज्ने क्रममा यही सञ्जालसँग जोडिएका तीन जनाले ज्यान गुमाए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group