ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकाको फोहोर सिसडोलमा खसाउन नसक्दा शहर दुर्गन्धमय


एबीसी न्यूज
२ श्रावण २०७५, बुधबार   १ : ०६   बजे

काठमाडौं,२ साउन । काठमाडौं उपत्यकाको फोहोर सिसडोलमा खसाउन नसक्दा शहर दुर्गन्धमय बनेको छ । राजधानीका अधिकांशस्थानका फोहोर अझै उठाइएको छैन ।

फोहोरको रासमा माटो छापेर बनाइएको सडक भासिएपछि सिसडोलमा फोहोर व्यवस्थापन गर्न कठिनाई बनेको छ । हिजो डोजरको सहायताले फोहोर फ्यांकिए पनि समस्या उस्तै रहेको काठमाडौं महानगरपालिकाका कर्मचारीहरु बताउंछन् ।

पानी पर्न थालेपछि सिसडोलमा फोहोर बोकेर गएका कन्टेनर पुग्न सकेका छैनन् । राजधानीबाट फोहोर बोकेर गएका ट्रक फोहोर घोप्ट्याउन फोहोरको डंगुरमाथि छापिएको माटोमा गुड्नुपर्छ ।

पाँच दिन अघि फोहोर बोकेर ल्याण्ड फिल साइट पुगेका केही ट्रक भने काठमाडौं महानगरपालिकाको डोजरको साहायताले हिजो फोहोर फ्याँक्न सफल बनेका छन् ।

वर्षाको पानीले माटो बगाएको र फोहोर पनि गलेकाले यातायात अवरुद्ध भएको ल्यान्डफिल साइटमा कार्यरत काठमाडौं महानगरपालिकाका कर्मचारीको भनाई छ । सरकारले तीन वर्षको लागि भनेर निर्माण गरिएका ल्याण्डफिल साइटको विकल्प १४ वर्षसम्म पनि खोज्न सकेको छैन । पानीले हिलो बनाएपछि फोहोर बोकेर गएका गाडी जान सकेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज राति यी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

परिवर्तनको आन्दोलनलाई घात नगर्न प्रधानमन्त्री पद अस्वीकार गरेँ: रवि लामिछाने

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu