काठमाडौं ३ असार । नारायणगढ मुग्लिन सडकखण्डमा अहिले कुनै पनि गाडी चलेका छैनन् । तोपे खोलामा बिहान पहिरो खसेपछि अहिले कुनै पनि गाडी नचलेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो हटाउन कम्तीमा पनि पाँच घण्टा लाग्ने भन्दै सकेसम्म बैकल्पिक बाटो प्रयोग गर्न नारायणगढ–मुग्लिन सडक आयोजनाले आग्रह गरेको छ । एकतर्फी मात्रै भए पनि खुलाउने प्रयासमा पहिरो पन्छाउन सुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्