ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय एकता कायम गर्न सामाजिक सद्भाव कायम राख्नुपर्छ : प्रधानमन्त्री


एबीसी न्यूज
४ श्रावण २०७५, शुक्रबार   ७ : ४३   बजे

पोखरा,  ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता कायम गर्न सामाजिक सद्भाव कायम राख्नुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले  गण्डकी प्रदेशसभालाई विशेष सम्बोधन गर्दै भन्नुभयो, “हामीले विकासका प्रयास चौतर्फी रुपमा अघि बढाउनु पर्नेछ, हाम्रोमा विकासका सम्भावना असाधारण छन्, तिनलाई अघि बढाउने इच्छा शक्ति हामीमा हुनु पर्दछ ।”

प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशमा प्रशस्त सम्भावना रहेको भन्दै सो प्रदेश पौराणिक महत्वको, स्रोतको प्रचूर सम्भावना भएको, नेपाल एकीकरणको ऐतिहासिक प्रारम्भिक थलो रहेको बताउनुभयो ।

उहाँले तिब्बतदेखि त्रिवेणीसम्म फैलिएको गण्डकी प्रदेश पर्यटन, ऊर्जा, शिक्षा, स्वास्थ्यका लागि असाधारण सम्भावना बोकेको ठाउँ भएको बताउँदै ती सम्भावनालाई उचित प्रयोग गरेर प्रदेशलाई समृद्ध बनाउने जिम्मा प्रदेश सरकार र स्थानीय तहको भएको बताउनुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले संघीय संरचना र प्रदेश सरकारको पहिलो अभ्यास भएकाले सरकार सञ्चालनमा केही असजिलो भए पनि आफ्नो अनुभवले खारिंदै जानुपर्ने बताउनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

“हामी एउटा नौलो अभ्यासमा छौँ, यसअघि हामीसँग प्रदेश सरकार सञ्चालन गरेको अभ्यास थिएन, अब आफ्नै अनुभवबाट सिक्दै यस प्रणालीलाई मजबुद बनाउनु पर्दछ, त्यसका लागि केन्द्रीय सरकारको भरपुर सहयोग रहन्छ”– प्रधानमन्त्रीले भन्नुभयो ।

आधा शताब्दीभन्दा बढी समय लोकतन्त्रका लागि आफूले संघर्ष गरेको सम्झदै प्रधानमन्त्री ओलीले लोकतन्त्रप्रतिको निष्ठामा केही मानिसहरुले शंका गरेको देख्दा आफैँलाई अचम्म लागेको छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

सम्बन्धित

नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाख बढी गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu