ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डा.केसीले सरकारी तलब खाएर सरकारकै विरुद्ध आन्दोलन गर्न मिल्दैन ( भिडियोसहित )


एबीसी न्यूज
४ श्रावण २०७५, शुक्रबार   १० : १३   बजे

काठमाडौं, ४ साउन ।  नागरिक अगुवा एवं चिकित्सक डा. सुन्दरमणि दीक्षित्तले डा. गोबिन्द केसीले सरकारी तलब खाएर आन्दोलनका नाममा नागरिकको मानवाधिकार हनन गरिरहेको बताउनुभएको छ ।

चक्रपथसँग शनिबार कुरा गर्दै डा. दीक्षित्तले स्वास्थ्य क्षेत्रमा सुधारको कुरा गर्ने डा.केसीले आफु कार्यरत टिचिङ अस्पतालको हाडजोर्नी विभागमा सुधार गरेर देखाउन चुनौती दिनुभयो । उहाँले भन्नुभयो, ‘डा. अशोक बाँस्कोटाहरुले निजी क्षेत्रबाट अपाङता भएकाहरुको उपचार गरेर हिँडन सक्ने बनाउन सक्छन् तर नेपालकै राम्रो अस्पताल टिचिङमा डा. केसीले विरामीलाई सद्दे बनाउन सकेको देखिएको छैन् । पहिला आफु कार्यरत विभागको स्तर सुधार्न सक्नु पर्यो, अनि मात्र स्वास्थ्य क्षेत्रको कुरा केसीले गरुन् ।’

डा. दीक्षित्तले माईतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्न पाइन्न भन्ने डा. केसी आफैै चिकित्सा क्षेत्रमा थप सम्बन्धन दिन पाईदैन भनेर सिन्डिकेट लागु गर्न चाहिरहेको बताउनुभयो ।

डा. गोबिन्द केसीलाई डा. दीक्षित्तको चुनौति छ– राजनीति गर्ने हो भने सरकारी जागीर छाडेर पार्टी दर्ता गरे हुन्छ ।

प्रस्तुत छ, डा. सुन्दरमणि दीक्षित्तको विचार: – डा. केसीका बारेमा मिडियामा एकतर्फी कुरा मात्र आईरहेको छ । यसमा कसैको चलखेल छ कि भन्ने आशंका छ । डा. केसी कहाँबाट परिचालित छन् भन्ने प्रश्न उठेको छ । अब त्यसको पनि खोजी हुनुपर्छ ।

म पनि एक चिकित्सक हुँ । मेरो पेशाप्रति म जिम्मेवार हुनुपर्छ । विरामीको सेवा गर्ने मेरो दायित्व हो । त्यसैगरी डा. गोबिन्द पनि चिकित्सक हुन् र उनको पनि विरामीप्रति उत्तरदायित्व छ । सरकारी तलब खाएपछि उनको दायित्व पढाउने, अप्रेशन गर्ने, संस्थाको ईज्जत माथि उठाउने, नयाँ नयाँ अनुसन्धान गरेर विद्यार्थीलाई अब्बल बनाउने उनको दायित्व हो । तर, उनी विगत ५ वर्षदेखि के गर्दैछन् त भन्दा आन्दोलन गर्ने, अनसन बस्ने र विद्यार्थीहरुलाई पनि आन्दोलन गर्न सिकाउने काम गरिरहेका छन् । सरकारी तलब खाएर अहिले सम्म उनले कति रिसर्च गरे ?, कति विरामीको अप्रेशन गरे ? विद्यार्थीलाई राम्रो डाक्टर बनाउने कि मण्डलामा गएर आन्दोलन गर्न सिकाउने ?

डा. केसी अर्थोपेडिक डाक्टर हुन् । तर उनले के टिचिङ अस्पतालको आफ्नै विभागको स्तर माथि उठाउन सकेका छन् त ? डा. अशोक बाँस्कोटाहरुले निजी क्षेत्रबाट त्यति राम्रो काम गरिरहेका छन् तर केसीले के गरेका छन् ? चिकित्सा क्षेत्रको स्तर सुधारको कुरा गर्ने हो भने पहिला आफ्नै विभागको स्तर माथि उठाउन सक्नु पर्यो नि ? ख्वै त त्यो केही देखिदैन ।

अनसनको नाममा देशभरका अस्पताल बन्द गर्न लगाएर उनले के विरामीप्रति न्याय गरिरहेका छन् त ? उनको कारण अस्पताल बन्द भएर विरामी उपचार नपाएर मर्न बाँध्य भईरहेका छन् । यो नागरिकको मानवाधिकारको ठाडै उल्लंघन हो कि होइन ? यतातिर मिडिया, नागरिक समाजले किन मुख खोल्दैनन् ?

सरकारी तलब खाएर सरकारकै विरुद्ध आन्दोलन गर्न मिल्दैन । आन्दोलन गर्ने हो भने पहिला पदबाट राजीनामा गर्नु प¥यो । मैले पनि ०४६ सालको आन्दोलनमा सक्रिय सहभागी हुँदा बीर अस्पतालको जागीरबाट राजीनामा गरेको थिए ।

अनि डा. बाबुराम भट्टराईलाई पनि थाहा हुनुपर्ने हो कि प्रोफेसन मान्छेले आफ्नो प्रोफेसन गर्नुपर्छ । आफ्नो प्रोफेसन नगर्ने डा. केसीलाई बाबुृरामले साथ दिन सुहाउँछ ? खैर उनले त पार्टी नै खोलेका छन् ।

अनि अर्को कुरा, डा. केसीले दोहरो चरित्र देखाएका छन् । आफ्नो नागरिकतामा फरक फरक जन्ममिति हुँदा चाहिँ त्रुटी भयो भन्ने अनि पूर्व प्रधानन्यायाधिश गोपाल पराजुलीको त्यै कुरा हुँदा धारे हात लाउने उनी नै होइनन् ? डा. केसीको यो दोहरो मापदण्ड हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group