ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डा. केसीको कारण टिचिङ हस्पिटलको ४१ करोड गुम्यो


एबीसी न्यूज
४ श्रावण २०७५, शुक्रबार   ६ : ५०   बजे

काठमाडौँ, ४ साउन । चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै २१ दिनदेखि अनसन बसिरहेका त्रिवि शिक्षण अस्पतलक वरिष्ठ चिकित्सक प्राध्यापक डा.गोविन्द केसीको अन्दोलनबाट त्रिवि शिक्षण अस्पतालले अहिलेसम्म ४१ करोड रुपैयाँ भन्दा बढी रकम गुमाउनु परेको छ ।

नेपाली विद्यार्थीलाई विदेशी मेडिकल कलेजमा पढ्न जान बाध्य बनाउने शैक्षिक माफियाको योजनाअनुसार भर्ना हुने समयमा अनसन बस्ने र सदैव अस्पताल रोज्ने केसीका कारण टिचिङ अस्पतालले ४१ करोड २५ लाख रुपैयाँ आम्दानी गुमाउनु परेको स्रोतको दाबी छ । पन्धौँ अनसन बसिरहेका डाक्टर केसी शुक्रबारबाट पुनः त्रिवि शिक्षण अस्पतालमा अनसन अघि बढाएका छन् । जुम्लामा अनसन बसेका उनको स्वास्थ्य अवस्था कमजोर भएपछि सरकारले बिहीबार काठमाडौँ ल्याएको थियो । वीर अस्पतालमा लिन खोजीएपनि केसीकै रोजाईमा टिचिङ लगिएको हो । उनले टिचिङमै अनसन शुरु गरेका छन् ।

केसीले अहिलेसम्म टिचिङ अस्पतालमा १ सय ६५ दिन अनसन बसेका छन । त्रिवि शिक्षण अस्पतालका अनुसार प्रतिदिन २५ लाखका दरले आम्दानी हुने गरेको छ । यसअनुसार केसीको अन्दोलनबाट ४१ करोड २५ लाख रुपैयाँ गुम्न पुगेको छ । यसमाथि डाक्टर केसीको अनसनका लागि चाहिने खर्चसमेत अस्पतालबाटै उपलब्ध हुने गरेको छ ।

डाक्टर केसीले २०६९ साल असार २१ गतेबाट अनसन शुरु गरेका हुन् । त्यसयता उनले अहिलेसम्म १ सय ८६ दिन अनसन बसेका छन् । जसमध्ये पछिल्लो पटक २० दिन जुम्लामा अनसन बसे । बाँकी १ सय ६५ दिन डाक्टर केसीले त्रिवि शिक्षण अस्पतालमा रोजेका छन ।

अस्पतालमा कुनै प्रकारको आन्दोलन गर्न नपाइने भएपनि डाक्टर केसीले त्रिविको नियम मान्दिन, अनुशासन मन्दिन भन्दै आफू अनसन बस्ने र एप्रोन लगाएर अफ्ना विद्यार्थीलाई अस्पतालभित्र जुलुस लगाउन लगाई बिरामीको स्लाइन थुत्न लगाउनेसम्मको काम गर्दै आएका छन् । अस्पताल स्रोतले दिएको जानकारी अनुसार त्रिविले दैनिक विरामीलाई सेवा दिएबापत्त २५ लाख रुपैयाँ संकलन गर्दै आएको छ । केसीको अनसनले अस्पताल नै धरासायी बन्ने अवस्थामा पुगेको छ ।

‘डाक्टर केसीको आन्दोलन त्रिवि शिक्षण अस्पताललाई निकै महंगो सावित भएको छ, उहाँ आफू अस्पतालको कुनै नियम मान्नुहुन्न, उहाँको आदेश राणाकालिन चन्द्र समशेरको जसरी सबैले मान्नुपर्छ,’ अस्पतालका एक चिकित्सकले भने ।

उनका अनुसार केसीको हाडजोर्नी विभागमा अहिले पनि बिरामीले शल्यक्रियाका लागि कम्तिमा ६ महिना कुर्नुपर्छ । विभागमा काम नगर्ने, अन्य चिकित्सकलाई समेत काम गर्न नदिने भएको कारण हाडजोर्नी विभागका अधिकांश बिरामी महंगो मूल्य तिरेर निजी अस्पतालमा उपचार गर्न बाध्य छन् । जसको कारण टिचिङ अस्पतालले ठूलै आम्दानी गुमाउनु परेको छ ।

‘मेडिकल मफियाको स्वार्थमा डाक्टर केसीले आफ्नै अस्पताल बर्वाद बनाए, उनको समर्थकले एक पटक डाक्टर केसीले सेवा दिने हाडजोर्नी विभाग हेर्दा सबै जानकारी हुन्छ,’ ती चिकित्सकले भने, ‘नेपालका गरिब जनताले स्वास्थ्य सुविधा पाउने अस्पताललाई बर्बाद बनाए ।’

२०६९ आषाढ २१ गते देखि अनसन शुरु गरेका डा. केसीले पहिलो र दोस्रो अनसन डा. बाबुराम भट्टराई, तेस्रो र चौथो अनसन खिलराज रेग्मी, पाँचौ, छैटौं र सातौं अनसन सुशिल कोइराला, आठौं अनसन केपी शर्मा ओली, नवौं र दशौं अनसन पुष्पकमल दाहाल, एघारौं, बाह्रौं, तेह्रौं र चौधौं अनसन शेरबहादुर देउवा गरी सबै प्रधानमन्त्रीको पालामा बसिसकेका छन् ।

विगतमा डा. केसीलाई अनसन बसाएर नेपालमा अस्थिरता सृजना गर्दै नेपालका विद्यार्थीहरुलाई विदेश पठाएर कमिशन खान पल्केका गिरोह आज डा. केसीको माध्यमबाट सत्ता पल्टाउन सकिन्छ कि भनेर चलखेल गर्दैछन् ।  अस्पतालमा कुनै प्रकारको आन्दोलन गर्न पाइदैन तर डाक्टर केसीले किन मिच्दैछन् नियम? अस्पतालभित्र जुलुस लगाउन लगाई बिरामीको स्लाइन थुत्ने डाक्टरको धर्म यहि हो ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group