ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिष्ठानका पदाधिकारीको राजीनामा माग


एबीसी न्यूज
७ श्रावण २०७५, सोमबार   १२ : २०   बजे

सुर्खेत, ७ साउन । कर्मचारी कल्याणकारी समाज, स्वास्थ्य विज्ञान प्रतिष्ठानले यही साउन ३ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको तोडफोड पदाधिकारीको योजनामा भएको भन्दै उहाँहरुको राजीनामा माग गरेको छ ।

प्रतिष्ठानका उपकुलपति डा राजेन्द्रराज वाग्लेसहितका पदाधिकारीले यहाँ अध्ययनरत एचए र स्टाफ नर्सका विद्यार्थी परिचालन गरी तोडफोड गर्न लगाएको समाजका अध्यक्ष रामकान्त उपाध्यायले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी आरोप लगाउनुभयो ।

“उपकुलपति वाग्लेलगायत अन्य पदाधिकारीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीलाई डा गोविन्द केसीलाई भेट्न जान नदिने सुनियोजित योजना बनाएको , उहाँहरु त्यहाँ पुग्ने बित्तिकै प्रवेश रोक लगाई वातावरणलाई उत्तेजित बनाएर झडप र तोडफोडको स्थिति सिर्जना गरेको अध्यक्ष उपाध्यायले बताउनुभयो । उहाँले योजना बनाउने पदाधिकारीसहित घटनामा संलग्न अन्य दोषीमाथि अविलम्ब छानबिन गर्न र प्रतिष्ठानको क्षतिपूर्ति हुनुपर्ने माग राख्नुभयो ।

नागरिक समाजले डा केसीको जीवन रक्षाका लागि काठमाडौँ लैजान आग्रह गरेको अवस्थामा पनि डा केसीलाई काठमाडौँ नपठाएर झडपको स्थिति सिर्जना गरिएको दाबी समाजले गरेको छ ।

यता नेपाल चिकित्सक संघ कर्णाली शाखा जुम्लाका अध्यक्ष डा मंगल रावलले पनि प्रतिष्ठानमा घटना घट्नुमा पदाधिकारी नै प्रमुख जिम्मेवार रहेको ठोकुवा गर्नुभयो । अध्यक्ष डा रावलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भनेको समयमै एमबीबिएस पढाइ नहुनुमा पनि पदाधिकारीकै प्रमुख दोष रहेको औँल्याउनुभयो ।

प्रतिष्ठान, कर्मचारी हकहित जुम्लाका महासचिव राजबहादुर खत्रीले त्यहाँ अध्ययनरत विद्यार्थी आफैँ तोडफोडमा नलागेको बताउनुभयो । महासचिव खत्रीले भवनको संरचना तोडफोड एवं विद्यार्थी कुटिनुमा पदाधिकारी, केही कर्मचारी दोषी र अस्पताल हाताभित्रै अन्धाधुन्ध लाँठीचार्ज गर्नु प्रशासनको कमजोरी रहेको औँल्याउनुभयो ।

प्रतिष्ठानका निमित्त डिनको भूमिका निर्वाह गर्नुभएकी नर्सिङ लेक्चर अनुपा श्रेष्ठले साउन ३ गतेका दिन आफूहरु कसैलाई जानकारी नदिएर नर्सिङ र एचएका विद्यार्थीलाई तोडफोडमा लगाएको बताउनुभयो । पछिल्लो समयमा त्यहाँ अध्ययनरत विद्यार्थीले पनि डा केसीको जीवन रक्षाको नाममा आफूलाई प्रयोग गरिएको दुखेसो पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu