ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपहृत बालकको शव फेला,हत्या भएको पुष्टि


bhawani desk
८ श्रावण २०७५, मंगलबार   २ : १३   बजे

वीरगन्ज, ८ साउन । करीब डेढ महीनाअघि बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–७ निवासी ललनप्रसाद साहका नौवर्षीय छोरा अंकितकुमारको अपहरणपछि हत्या भएको बारा प्रहरीले पुष्टि गरेको छ ।

भारत विहारको सिकटा बलसरबाट पक्राउ परेका अजय पटेलको बयान तथा अपहृत अंकितजस्तै अनुहार भएकोसोमबार एक बालकको शव सडेगलेको अवस्थामा भेटिएपछि उनको हत्या भएको जानकारी जिल्ला प्रहरी कार्यालय बाराले गरेको छ ।

गत जेठ २२ गते अपहरृहत अंकितको शव पश्चिमी पर्साको जगरनाथपुर गाउँस्थित गण्डक नहरमा बोरामा राखिएको अवस्थामा फेला परेको पुष्टि बाराका प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरले बताउनुभयो ।

शव सडेगलेको र पूर्णरुपमा निकाल्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षणका लागि शव गाडिएको स्थानबाट हाड र दाँत मात्र निकालिएको बारा प्रहरीले जनाएको छ ।

वीरगञ्ज रानीघाट बस्ने रामप्रवेश साह पक्राउ परेपछि उनकै बयानका आधारमा शव गण्डक नदीबाट फेला पारिएको थियो । पक्राउ परेका अजय र रामप्रवेशमाथि बारा प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने तयारी गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।

अपहरणकारीले बालकका परिवारजनसँग भारतको बेतिया शहरमा भारु १५ लाख फिरौतीवापत बुझेको थियो । अपहृत बालकको आकार र बनोटका आधारमा शव पहिचान गरिए पनि डिएन परीक्षण प्रतिवेदनपछि मात्र पूर्ण रुपमा शव यकिन गर्न सकिने प्रहरीको भनाइ छ ।

यता जीतपुरवासीले प्रहरीको फितलो अनुसन्धानका कारण बालक अंकित बाँच्न नसकेको आरोप लगाएकाछन् । जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा कृष्ण पौडेलले राससलाई भन्नुभयो, “अपहरण काण्डमा प्रहरीको भूमिका सन्तोषजनक नदेखिएको र पर्सा तथा बारा प्रहरीबीच समन्वयको अभावको कारण यस्तो घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group