ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षक पार्टीको नेता भएपछि शिक्षाको गुणस्तर खस्किदै: शिक्षा मन्त्री पोखरेल


एबीसी न्यूज
८ श्रावण २०७५, मंगलबार   ४ : ०३   बजे

सप्तरी, ८ साउन । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले शिक्षकहरु राजनीति छोडेर पढाउने तर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

शिक्षकहरु आफूलाई राजनैतिक पार्टीको नेता ठानेर राजनीति गर्नतर्फ बढी ध्यान दिएपछि अहिले शिक्षाको गुणस्तर खस्किदै गरेको आरोप समेत लगाए । सप्तरी सदरमुकाम राजविराजमा मंगलबार आयोजित स्थानिय सरकारको जनप्रतिनिधिका लागि शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सो आरोप लगाएका हुन् ।

शिक्षक कुनै पार्टीसँग आवद्ध हुनुहुदैन, शिक्षकले जे पढाउँछ बालबालिकाले त्यही नै सिक्छ, त्यसैले शिक्षकहरुले राजनीति छोडेर बालबालिकाको भविष्य बनाउने तर्फ ध्यान दिनुपर्ने उनले बताए ।

मन्त्री पोखरेलले शिक्षकहरुलाई पार्टी एवं टे«ड युनियनको छाप हटाई शिक्षा सुधार नीतिमा लाग्न आग्रह समेत गरे । कार्यक्रलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सिकाई स्तरलाई माथि उठाउनका लागि स्थानिय तहका विद्यालयहरुमा आ–आफ्नो मातृ भाषामै पढाई हुनुपर्नेमा जोड समेत दिए ।

बालबालिकाले सबैभन्दा पहिला मातृभाषा नै सिक्ने हुनाले विद्यालयमा पनि सोही मातृभाषाको सिकाई आवश्यक रहेको जिकिर गरे । एक अर्को प्रसङ्गमा मन्त्री पोखरेलले अनसनरत डा. गोबिन्द केसीको बारेमा संचारमाध्यमहरुले अनावश्यक ढंगले प्रस्तुत गरेर भ्रम फैलाइरहेको आरोप लगाए ।

जुम्लाबाट काठमाडौं ल्याउने क्रममा सामान्य बल प्रयोगमात्र भएको बताउँदै उनले हुदै नभएको कुरा सञ्चार माध्यममा आएकोप्रति असन्तुष्टी जनाए । उनले केदारभक्त माथेमा आयोगले दिएको प्रतिवेदन अनुसार बनाइएको चिकित्सा शिक्षा अध्यादेशमा सरकारले थोरै परिमार्जन गरेको बताउँदै डा. केसीको सुझावलाई पनि सरकारले समेट्न तयार रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu