ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जघन्य र ठूला अपराध संख्यामा कमी


bhawani desk
९ श्रावण २०७५, बुधबार   १० : २५   बजे

काठमाडौं ,९ साउन । महानगरीय प्रहरी परिसर काठमाडौँमा आर्थिक वर्ष २०७४-०७५ मा विभिन्न किसिमका अपराधका मुद्दा संख्यामा ३३ प्रतिशतले बृद्धि भएपनि तथा ठूला अपराधका मुद्दाको संख्यामा कमी आएको छ ।

“आव २०७३-०७४ को तुलनामा २०७४-०७५ मा मुद्दा बढे पनि जघन्य र ठूला अपराध संख्यामा कमी आएको छ, परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले भन्नुभयो । आव २०७३-०७४ मा चार हजार ५८२ मुद्दा दर्ता भएको थियो ।

गत आवममा छ हजार ८४१ मुद्दा दर्ता भएका थिए । परिसरमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, डाँका चोरी, खोटाचलन, ठगी, लागूऔषध, अपहरण, तथा शरीर बन्धक, साइबर अपराधलगायतमा अपराधमा उक्त मुद्दा दर्ता भएका हुन् ।

परिसरका अनुसार सबैभन्दा बढी २०७५ असारमा ८६७ र सबैभन्दा कम २०७४ साउनमा ३८९ मुद्दा दर्ता भएका छन् । परिसरले छ हजार ८४१ मुद्दामा नौ हजार १०२ जनालाई पक्राउसमेत गरेको छ ।

परिसरका प्रमुख पोखरेलले परिसरमा दर्ता भएका मुद्दामध्ये पाँच हजार ९७६ मुद्दाको फछ्र्योट गरिसकिएको र बाँकी ८६५ मुद्दा फछ्र्योट गर्न बाँकी रहेको जानकारी दिनुभयो ।

परिसरका अनुसार आव २०७३-०७४ को तुलनामा आव २०७४-०७५ मा कर्तव्य ज्यान, सुनडाँका, खोटाचलन, ठगी, लागूऔषध, हातहतियार, जबर्जस्ती करणीलगायतका घटना बढे पनि ज्यान मार्ने उद्योग, डाँका चोरी, अपहरण, संगठित अपराध, मानव बेचबिखनलगायतका घटनामा कमी आएको छ ।

यस्तै परिसरले रक्तचन्दन बरामद, पेस्तोल बरामद, जुवाको खालमा रकम बरामद, हुण्डीको रकम बरामद, नक्कली नेपाली नोट बरामद, अवैध भारतीय नोट बरामद, चोरी गरेको मोटरसाइकल बरामद, विश्वकप फुटबल र आइपीएल क्रिकेटमा सट्टेबाजी गर्नेलाई पक्राउसमेत गरेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

सम्बन्धित

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group