ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थुलुङदूधकोशी गाउँपालिकामा बैंक स्थापना, स्थानीयवासी हर्षित


एबीसी न्यूज
९ श्रावण २०७५, बुधबार   १० : ५८   बजे

सोलुखुम्बु, ९ साउन । सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकामा पहिलोपटक लक्ष्मी विकास बैंकको शाखा सञ्चालनमा आएको छ ।

उक्त गाउँपालिकामा मंगलबारबाट लक्ष्मी विकास बैंकले सेवा शुरु गरेको हो । नेपाल राष्ट्र बैंकले दिएको सहमतिअनुसार मंगलबारदेखि औपचारिकरुपमा सेवा शुरु गरेको शाखा प्रबन्धक प्रयास अधिकारीले जानकारी दिनुभयो ।

साविक सात वटा गाविसलाई समेटेर बनाइएको उक्त गाउँपालिकामा हालसम्म कुनै पनि बैंक सञ्चालनमा नआउँदा यहाँका स्थानीय आर्थिक कारोबारका लागि एक दिनसम्मको यात्रा गरेर सदरमुकाम धाउन बाध्य थिए । “अब एक दिन हिँड्नुपर्ने बाध्यता हट्यो” गाउँकार्यपालिका सदस्य बुद्धिराज राईले भन्नुुभयो, “एकैदिनमा आर्थिक कारोबार गरेर सहजै घर फर्कन सकिन्छ ।”

गाउँपालिकामा बैंकको शाखा स्थापना भएपछि स्थानीयवासी हर्षित भएका छन् । स्थानीय हर्कराज राईले सामान्य योजना सञ्चालनको लागि सदरमुकामसम्म धाउनुपर्ने बाध्यता हटेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “ सिंहदरबारको अधिकार गाउँगाउँमा आउँछ भन्ने विश्वास बढ्यो ।”

सोलुखुम्बुको स्थानीय तहमा नयाँ बैंकको शाखा स्थापना हुने गाउँपालिकामध्ये थुलुङदूधकोशी पहिलो गाउँपालिका बनेको छ । सेवा सुचारु गरेको पहिलो दिन मंगलबार तीन दर्जनले खाता खोलेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu