बझाङ,९ साउन । शान्ति सुरक्षामा दिन रात नभनी अहोरात्र खटिरहने प्रहरीले बुधवार अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ ।
पछिल्लो समयमा जिल्लाहोटलहरुमा मदिरा बिक्री वितरण गर्नाले जिल्लामा जथाभावी बोल्ने दिउसै मदिरा खाएर हल्लीने जिल्ला प्रशासन कायालयमा मदिरा समन्धिजन गुनासो बढेको भन्दै जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बझाङको सक्रियतामा छापा मार्दा सदरमुकाम चैनरमा चार सय लिटर अवैध मदिर बनाउने कच्चापर्दार्थ र १ सय लिटर मदिरा नियन्त्रणमा लिएकोे जिल्लाप्रहरी कार्यालया बझाङले जनाएको छ ।
अव देखि जिल्लामा भने कहिकतै यस्ता अबैध मदिरा बिक्री वितरण गर्ने कृयाकलाप गर्ने जो कोहीलाई पनि कडा भन्दा कडा कारर्वाही गर्ने जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ऋषिराम कडेलले बताउनु भएको छ ।
तर, पछिल्लो समयमा जिल्लामा प्रहरीको सक्रियतामा सदरमुकाम चैनपुरमा जुवातास खेलाउदै भन्ने स्थानिय संचार माध्यमा समाचार आएपछी त्यसवाट जोगिन प्रहरीले यो अभियान चलाएको स्थानियबासिहरुले आरोप लगाएका छन ।
मदिरा नियन्त्रण गर्ने क्रममा नेपाल प्रहरीसंगै नागरिक समाजका अगुवा सहित पत्रकार लगाएत २५ जनाको सहभागितामा मदिरा नष्ट गरेको हो ।
प्रतिक्रिया दिनुहोस्