ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुठीको सम्पत्तिबाट आम्दानी लिन सकेको छैन


bhawani desk
९ श्रावण २०७५, बुधबार   २ : ०८   बजे

ललितपुर, ९ साउन ।  गुठीका नाममा भएको सम्पत्तिबाट गुठी संस्थानले खासै कुनै आम्दानी लिन सकेको छैन ।

पुस्तौँदेखि गुठीको सम्पत्ति प्रयोग गर्दै आएका व्यक्तिहरुले आयस्ता नबुझाउँदा आम्दानी लिन नसकिएको गुठी संस्थान ललितपुर शाखाले जनाएको छ । पाटन दरबार क्षेत्रमा मात्रै झण्डै ४० वटा कवलहरु रहेको कार्यालयका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो ।

जिल्लाको मङ्गलबजार, सुन्धारालगायतका स्थानमा गुठीका नामका कवलहरु रहेका छन् । एक दशक पहिलेसम्म ज्यादै न्यून भाडा बुझाउने उनीहरु अहिले कार्यालयलाई त्यही न्यून भाडासमेत बुझाएका छैनन् । उहाँ भन्नुहुन्छ, “मङ्गलबजार र त्यस आसपासका क्षेत्रमा निजी घरका सटरमा भाडा बढिरहेको छ तर उनीहरु भने एक रुपैयाँ पनि नदिई सित्तैमा बस्दै आएका छन् ।”

सबैभन्दा अनौठो कुरा त के छ भने कतिपय कवलहरुमा पुस्तौँदेखि जुन व्यक्तिले पसल राख्दै आएको थियो उसले अहिले अर्काेलाई भाडामा दिइरहेकोे छ । अहिले पसल राख्ने व्यक्तिले आफूले जसले त्यो कवल दियो उसैलाई भाडा दिएको पौडेलले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “कतिपयले कसको सम्पत्ति हो र कसलाई भाडा दिने भन्ने समेत थाहा छैन ।” ती कवलहरुमा गुठीले भाडा नपाए पनि बाबु–बाजेको पालादेखि पसल राख्दै आएकै भरमा बीचका मान्छेले भाडा बुझिरहेका छन् । बाबु–बाजेका पालामा तोकिएको भाडा दर बढ्न नसकेको पौडेल बताउनुहुन्छ । नजिकैका स्थानमा धेरै चर्काे भाडा हुँदा यहाँका पसल–कवलको भाडा ६०–७० रुपैयाँदेखि एक हजार रुपैयाँसम्म मात्रै भाडा तोकिएको छ । त्यही भाडासमेत व्यापारीले नबुझाएको पौडेल बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “ज्यादै न्यून भाडा तोकिएकामा पनि लामो समयदेखि तिरेका छैनन् ।” गुठीले मात्रै नभएर स्थानीय निकाय र प्रशासनले नै भाडा उठाउन लाग्नुपर्नेमा उहाँको जोड छ । भाडा उठाउनका लागि कार्यालयले प्रशासन, स्थानीय निकाय, टोल सुधार समितिहरु छलफल थालेको उहाँ बताउनुहुन्छ । टेण्डरमार्फत वा चलनचल्तीको भाडादर तिराउनका लागि पहल भइरहेको छ । उहाँ भन्नुहुन्छ, “यहाँको आयस्ताबाट नै हामीले धेरै पर्व, पूजा र जात्रा चलाउन सक्छौँ ।”

ललितपुरका नगर क्षेत्रमा अरू निकायका स्वामित्वमा भएका भवन प्रयोग गर्नेहरुले चलनचल्तीको भाडा तिरेका छैनन् । पहिले कतिपय कवललाई हटाउन खोज्दासमेत मानेका थिएनन् । उहाँ भन्नुहुन्छ, “पुस्तौँदेखि बस्दै आएको भन्ने भरमा नै उनीहरु छाड्दैनन् ।” यहाँ पसल सञ्चालनमा रहेका कतिपय कवलमा पहिले स्वामित्व विवाद थियो । अहिले त्यो विवाद नहुँदासमेत व्यवसायीले भाडा दिन आनाकानी गरिरहेका छन् । उहाँ भन्नुहुन्छ, “सबै लागेर मात्रै समाधान निकाल्न सकिन्छ ।”

यहाँ पसल सञ्चालन गर्ने कतिपयमा गुठीको जग्गामा सित्तै बस्नु हुँदैन भन्ने सोचाइ पाइएको पौडेलले बताउनुभयो । धार्मिक स्थान भएकाले भाडा नतिरी हुँदैन भन्ने सोचाइ भएकाले भाडा दिन इच्छा देखाएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले ती व्यक्ति हुँदै सबै जनासँग भाडा लिनुपर्छ ।”

सार्वजनिक गुठीका नाममा भएका भवन, कवल, जग्गालगायतका सम्पत्तिको अभिलेखसमेत छैन । विभिन्न गुठीका नाममा छरिएर रहेका सम्पत्तिको एकीकृत विवरण नभएको उहाँले बताउनभयो । उहाँले भन्नुभयो, “कतिपय जग्गा रैतानी भइसकेको छ भने कतिपय अधिनस्त र कतिपय तैनाथी जग्गा छन् ।” कतिपय जग्गा दर्ताका क्रममा रहेको र दर्ता हुन बाँकी जग्गालाई पनि प्रक्रियामा ल्याएर दर्ता गरिने उहाँले बताउनुभयो ।

गुठी संस्थानसँगै, ललितपुर महानगरपालिका र पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयका नाममा रहेका कवलहरु पाटन दरबार क्षेत्रमा छन् । पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयको नाममा रहेको दरबार क्षेत्रभन्दा अगाडि रहेको लामपाटीलाई गत वर्षबाट बोलपत्र गरेर भाडामा लगाएको प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वामित्वलगायतका विषयमा भएका विवाद समाधानपछि कवल भाडामा लगाइएको हो ।” दुई तला रहेको कवल जम्मा दुई लाख ८० हजार रुपैयाँमा भाडामा दिइएको छ ।

तीन फरक निकायका स्वामित्वमा रहेका सबै गरेर यस क्षेत्रमा झण्डै एक सय वटा कवल छन् । पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय र कतिपय स्थानीयवासीले दरबार क्षेत्र भित्रै रहेका कवल भने खाली गर्नुपर्ने बताउँदै आएको छ ।

पहिले यी कवल टाढाबाट आएकालाई विश्राम गर्नका लागि वा रात नै कटाउनका लागि प्रयोग हुन्थ्यो । कवलबाट भाडा उठाउनुका साटो पर्यटकलाई आकर्षण गरेर पर्यटन क्षेत्रबाट नै आम्दानी बढाउनुपर्ने विचार राख्ने पनि धेरै छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group