ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालयको स्तरोन्नति गर्न ठूलो चुनौति छ : प्रदेशमन्त्री घिमिरे


bhawani desk
९ श्रावण २०७५, बुधबार   ५ : ४६   बजे

 
विराटनगर, ९ साउन । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयको स्तरोन्नति सुधार गर्न ठूलो चुनौती रहेको बताउनुभयो ।

पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देनालय धनकुटाद्वारा यहाँ आज आयोजित आर्थिक वर्ष २०७४-७५ को वार्षिक प्रगति समीक्षा तथा शिक्षक दरबन्दी मिलान कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री घिमिरेले राजनीतिक संक्रमणको सबैभन्दा बढी सिकार सामुदायिक विद्यालय भएकाले यसलाई पुनःजीवन दिनुपर्ने भन्दै सामुदायिक विद्यालय फरक वर्गका मानिसका लागि मात्र हो भन्ने मानसिकता हटाउनुपर्छ भन्नुभयो ।

उहाँले विद्यार्थी तथा अभिभावकको पहिलो रोजाइ सामुदायिक विद्यालय बनाउन शिक्षक सरुवा, बढुवा तथा दरबन्दी मिलानमा राजनीतिक हस्तक्षेप हट्नुपर्छ भन्नुभयो ।
उद्धार सामग्री हस्तान्तरण

यसैगरी सुनौलो बिहानी इन्टरनेशनल नेपालले बाढी र डुबानका बेला उद्धार कार्यमा प्रयोग हुने सामग्री जिल्ला दैविक प्रकोप उद्धार समिति मोरङलाई आज हस्तान्तरण गरेको छ ।

एडिएच जर्मनसँगको सहकार्यमा करीब रु छ लाख मूल्य पर्ने बोट र त्यससँग सम्बन्धित उद्धार सामग्री जिल्ला दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई सुनौलो बिहानी बाह्य सम्पर्क विशेषज्ञ ममिन घलेले एउटा रबर बोट, लाइफ ज्याकेट, उद्धार कार्यमा प्रयोग गरिने डोरी, थ्रो ब्याग, हाते माइकलगायतका सामग्री उपलब्ध गराउनुभएको हो ।

मोरङ जिल्लामा बक्राहा, बूढी खोला, चिस्याङ र रतुवा खोलामा आउने बाढीले वर्षेनी डुबानबाट मानिसको मृत्युसमेत हुने गरेकाले उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले रबर बोट उपलब्ध गराइएको घलेले जानकारी दिनुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले उपलब्ध उद्धार सामग्रीले विपत्मा परेका मानिसलाई उद्धार गर्न निकै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group