चितवन, १० साउन । अटो तथा रिक्सा चालक र भरतपुर महानगरपालिकाबीच पाँचबुँदे सहमति भएको छ ।
महानगरले राजमार्ग क्षेत्रमा अटो ट्याम्पो र रिक्सा चलाउन रोक लगाएपछि अटो चालकहरु आन्दोलनमा उत्रेका थिए ।
भरतपुर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो । भीड नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते छन् ।
साँझ भएको वार्तामा गोली लागेर घाइते भएका महेन्द्र सुनारको उपचार महानगर र जिल्ला प्रशासन कार्यालयले गर्ने सहमति भएको छ । सहमतिअनुसार भरतपुर महानगरको राजमार्ग क्षेत्रमा अटो ट्याम्पो र रिक्सा गुड्न पाउने छैनन् । वारपार गर्ने १८ वटा बिन्दु बाहेक महानगरको राजमार्गमा अटो रिक्सा र ट्याम्पो नगुडाउने सहमति भएको छ।
सहमतिसगै अटो तथा रिक्सा चालकहरुले आन्दोलनका सवै कार्यक्रम फिर्ता लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्