जाजरकोट १० साउन । चीनको स्वास्वासित क्षेत्र तिब्तको ताक्लाकोटमा गाडिले किचेर एक जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्लाको नाम्खा गाउँपालिका यारी गाउँनिवासी छविलाल लामा रहेको ताक्लाकोट बाट छिङ्गटसी लामाले बताएका छन ।
उनका अनुसार हुम्लाको सिमा जोडिएको तिब्तको ताक्लाकोटमा गएराती ६ बजे ताक्लाकोटतिर आउदै गर्दा गाडीले किचेर घाईत भएका लामा लाई उपचारको लागि अस्पतालमा लादैं गर्दा बीच बाटमै मृत्यु भएको बताए ।
गाडी चालकले अधित्याधिक मदिरा सेवन गरी गाडी अन्यित्रित चलाईरहेको वेला सडकमा हिडीरहेका लामा लाई किचेको समेत चिनिया सुरक्षा कर्मि लाई उद्धित गर्दे टसी लामाले बताएका छन ।
त्यहाँको स्थानीय सरकारले मृत्यक लाश के कारणले भएको बारेमा जांचबुझ गरिरहेको र लाश मृत्यकका आफन्त लाई बुझाउने तयारी गरेको छ । तर मृत्यकका आफन्त भने दोषी माथी कारर्वाही नहुन्जले सम्म मृत्यकको लाश नबुझने बताएका छन ।
प्रतिक्रिया दिनुहोस्