ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनसरीमा सशस्त्र प्रहरी र स्थानीवासीबीच झडप ,१७ राउण्ड गोली चल्यो


bhawani desk
१० श्रावण २०७५, बिहिबार   ११ : ५६   बजे


सुनसरी,१० साउन । सुनसरीको हरिनगर गाउँपालिकाको घुस्कीमा सशस्त्र प्रहरी र स्थानीवासीबीच हिजो झडप हुँदा ६ जना भन्दा बढी स्थानीयवासी र प्रहरी घाइते भएका छन् ।

भारतीय सीमा क्षेत्रबाट खसी बोका ल्याउने क्रममा सशस्त्र प्रहरीको टोलीले पटुवा घारीमा लुकाई राखेको अवस्थामा खसीलाई नियन्त्रणमा लिन खोज्दा विवाद उत्पन्न भएको हो ।

सशस्त्र प्रहरीका हवल्दार सुबास यादव सहितको टोलीले राजश्व तिरेको बिल मागे पछि घटना झडपतर्फ मोडिएको हो । व्यापारीसँग बिल नभएपछि प्रहरीले खसी नियन्त्रणमा लिन खोजेका कारण झडप भएको हो । खसी व्यापारी ग्यास आलम र नसरुल आलमका छोरी मेहनाज खातुनलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा स्थानीयले प्रतिकार गरेका थिए ।

त्यहाँ कुरा नमिलेपछि खसीसहित उनीहरु भागेका र केही खसीलाई नियन्त्रणमा लिने क्रममा दोहोरो झडप भएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल घुस्कीले जनाएको छ । झडप हुन थालेपछि त्यहाँ सशस्त्र प्रहरीले थप बल पठाएको थियो ।

उनीहरुले मोरम चोकबाट प्रहरी कार्यालयमा वार्ता गर्न जाने भनेर जाँदै गर्दा करीब डेढ किलोमिटरको दूरीमा पुग्दा स्थानीयले सशस्त्र प्रहरीको हतियार र लौरो खोस्न थालेपछि सशस्त्र प्रहरीले जवाफी फायरिङ गरेको सशस्त्र प्रहरी बल घुस्कीका सइ दिलबहादुर तामाङले जानकारी दिनुभयो ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनको लागि १७ राउण्ड हवाई फायर गरेको छ भने ७ राउण्ड अश्रुग्यास प्रहार भएको सइ तामाङले जानकारी दिनुभयो । सशस्त्र प्रहरीले गोली चलाएपछि स्थानीयवासीको समूह तितर–बितर भएको थियो । स्थानीयको आक्रमणमा २ जना सशस्त्र प्रहरी हवल्दार र सहायक हवल्दार गम्भीर घाइते भएका छन् । हवलदार सुवास यादव र सहायक हवल्दार नेत्र बस्नेत रहेका छन् ।

केहीले ढुङ्गाले र केहीले लौरो प्रहार गरी प्रहरीलाई गम्भीर घाइते बनाएका हुन् । अन्य केही सशस्त्र प्रहरीका आधा दर्जन सामान्य घाइते भएको र २ जना स्थानीय पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

स्थानीय व्यापारी इशा अन्सारीका अनुसार स्थानीय २ जना पनि सामान्य घाइते भएका छन् । घाइते मेहनाज खातुन र कैयुम जट रहेका छन् । खातुनले भारतबाट खसी लिएर आउँदै गरेको अवस्थामा ३ जना सशस्त्रको जवानले रोकेर नियन्त्रणमा लिन खोजेपछि सशस्त्र प्रहरीले महिला माथि हातपातको प्रयास गरेको भन्दै स्थानीयवासी सशस्त्र प्रहरीमाथि खनिएको व्यापारी अन्सारीले जानकारी दिनुभयो ।

तर यता स्थानियले भने बाख्रा चराउन जादा भारतवाट ल्याएको भन्दै दुव्र्यवहार गरेको आरोप लगाएका छन् । गाई वस्तु चराउन जादा समेत उता भारत तेरो ससुरालीवाट ल्याएको हो भन्दै शसस्त्र प्रहरीले स्थानियलाई दुव्र्यवहार गर्ने गरेको स्थानियको गुनासो छ । घाईतेहरुको विराटनगरमा उपचार भईरहेको छ ।

घटनाको वारेमा राति अवेर सम्म वार्ता भएको थियो । तर वार्तावाट कुनै सहमति नभएको हरीनगरा गाउपालिकाका अध्यक्ष गफार अन्सारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group