काठमाडौं,१० साउन । आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मी र प्रहरी बीच सामान्य झडप भएको छ ।
प्रहरीले करिब ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई नियन्त्रणमा लिएको छ । महाराजगञ्ज शिक्षण अस्पताल अगाडिको सडकबाट प्रहरीले चिकित्सकहरुलाई नियन्त्रणमा लिएको हो ।
‘सरकार हामी तिम्रो सन्तान हौं, तिमी हाम्रो अभिभावक किन बन्दैनौं ?’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उत्रिएका चिकित्सकहरु करिब ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा जबरजस्ती कोचेको थियो ।
पक्राउ परेकाहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ । पक्राउ परेकाहरु पुलिस क्लबभित्रै धर्नामा बसेका छन् ।
प्रतिक्रिया दिनुहोस्