रुकुम,१० साउन । रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ स्याउली वजारमा वाटो मिचेर राखेका घुम्ति हटाईएको छ । विगत लामो समय देखि विवादित स्याउली वजारको रोडमा वाटो मिचेर राखेका घुम्ति स्थानिय व्यापारीहरुको सहमतीमा हटाईएको हो ।
चौरजहारी नगरपालिका उद्योग वाणिज्य संघ चौरजहारी अस्पताल र स्थानिय व्यापारीहरुको विचमा भएको सहमति अनुसार सडक वाटोमा रहेका घुम्ति पसल हटाईएको छ ।
भने ५ मिटर चौडाई सडक वाटो लाई ग्रावेल तथा पिच गरेर नियमित रुपमा सुचारु गर्ने सहमति भएको छ । यस अघि स्थानिय व्यापारीहरुका विचमा सहमति नहुदा विभिन्न समयमा वाटो अवरुद्ध हुने गरेको थियो ।
जसको कारण अस्पतालमा सेवा लिन आउने विरामी तथा सर्वसाधारणहरु त्यसको मर्कामा परेका थिए । स्याउली वजार सडक छेउमा रहेका ६ वटा घुम्ति हटाईएको हो ।
प्रतिक्रिया दिनुहोस्