ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समयमा पुल निर्माण नहुँदा गौरादहका जनतालाई सास्ती


एबीसी न्यूज
१० श्रावण २०७५, बिहिबार   ३ : ५७   बजे

भद्रपुर, १० साउन ।  गौरादह नगरपालिका र कमल गाउँपालिका जोड्ने किस्ने खोलामा निर्माणाधीन पक्की पुल सात वर्ष पुग्दा पनि पुरा नहुँदा जनताले सास्ती व्यहोर्नु परिरहेको छ ।

पचास मिटर लामो यो पुल रु दुई करोड ४७ लाख १२ हजारको लागतमा तीन वर्षमा पूरा गर्ने गरी उदयपुरको रौताहा जेवी कन्ट्रक्सन कम्पनीले विसं २०६८ फागुनमा ठेक्का पाएपनि अहिलेसम्म पुलले पूर्णता पाएको छैन । समयमै पुल निर्माण नहुँदा विद्यालय जाने बालबालिका र हाटबजार जान समस्या भएको स्थानीय केदार खड्काले बताउनुभयो ।

पुल निर्माण गर्ने जिम्मा लिएको कम्पनीले पिलर गाड्नेबाहेक अन्य केही काम नगरेको र समयमा काम नसकेकाले रु २७ लाख ९२ हजार क्षतिपूर्ति तिरेको सडक डिभिजन कार्यालयका प्रमुख राजेशकुमार यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो कम्पनीले क्षतिपूर्ति तिरेरै भए पनि आगामी मंसिर मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी पुनःजिम्मा लिएको छ । “नयाँ ठेक्का लगाउन थप खर्च हुनेहुँदा पुरानैलाई अवसर दिएको हो”, प्रमुख यादवले भन्नुभयो, “यदि मंसिर मसान्तसम्ममा पनि निर्माण पूरा गर्न सकेन भने कम्पनीलाई कालोसूचीमा राख्नका लागि सरकारसमक्ष सिफारिश गरिनेछ ।”

योजना ल्याउने तर अनुगमनमा चासो नदेखाउने सम्बन्धित निकायका कारणले पनि ठेक्केदार कम्पनीले लापर्बाही गरेकाले समयमा पुल निर्माण हुन नसकेको पूर्वसांसद दीपक कार्कीले बताउनुभयो । उहाँले पुल निर्माण गराउनका लागि आफूले अब निरन्तर खबरदारी गरिरहनेसमेत बताउनुभयो ।

बाँसको पुल निर्माण

गौरादह नगरपालिका वडा नं १ र २, कमल गाउँपालिकाको वडा नं १ को सिमानामा रहेको यस स्थानमा अहिले जनस्तरबाट बाँसको पुल निर्माण गरिएको छ ।

पुल निर्माणमा स्थानीय निकायले पनि ध्यान नदिएका कारण यात्रुलाई खोला तर्न सहज बनाउन जनस्तरबाट संकलित रु ७१ हजारको लागतमा १०० फिट लामो र पाँच फिट चौडाइको सो पुल निर्माण गरिएको स्थानीय दुर्गा गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu