ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री थापा‘बादल’ र युएईका राजदुतबीच भेटवार्ता


bhawani desk
१० श्रावण २०७५, बिहिबार   ४ : १८   बजे

काठमाडौं,१० साउन ।  गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि संयुक्त अरब ईमिरेट्स ((युएई)का राजदुत साईद हम्दान मोहम्मद अल नाक्बिले आज गृहमन्त्रालयमा शिष्टचार भेटवार्ता गर्नुभएको छ ।

गृहमन्त्रालयमा भएको भेटमा नेपाल–युयई द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपालको विकास तथा नेपाली कामदारलाई रोजगारीको सृजना अवसर गरेर युयईले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
यस्तै उहाँले युयईमा कार्यरत नेपालीहरुको संरक्षण र वृत्ति विकासमा सहयोगका लागि राजदुुतसँग आग्रह गर्नुृभएको थियो ।

सुन तस्करी सम्बन्धी घटनामा गृह मन्त्रालयले गठन गरेको अनुसन्धान समितिलाई युयई सरकारको तर्फबाट गरीएको सहयोगका लागि समेत गृहमन्त्री थापाले धन्यवाद व्यक्त गर्नुभयो ।

भेटमा राजदुत नाक्बिले नेपालमा सुन तस्करीबारे गरीरहेको अनुसन्धानको क्रममा नेपालको आग्रह अनुसार एक व्यक्तिलाई युयईमा पक्राउ गरीएको र उनलाई नेपाल पठाउने प्रक्रिया जारी रहेको गृहमन्त्रीलाई जानकारी दिनुभयो ।

उहाँले मानवतस्करी र अन्य किसिमका तस्करी रोक्नेबारे नेपाल र युयईबीच कुनै किसिमको सम्झौता नभएको कारण केही समस्या देखिएको भन्दै नेपालले सो किसिमकको सम्झौता गर्न चाहे युयई तयार रहेको प्रष्ट पार्नुभयो ।

भेटमा युयईका उपप्रधान तथा गृहमन्त्रीको तर्फबाट राजदुत नाक्बिले गृहमन्त्री थापालाई युयई भ्रमणका लागि निमन्त्रणा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group