कञ्चनपुर, ११ साउन । महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल भारत सीमास्थित वनबसा पुलमा चारपाङ्ग्रे सवारीसाधनको सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र महेन्द्रनगरका अनुसार महाकाली नदीको बहाव एक लाख २३ हजार क्युसेक पुगेको छ ।
नदीमा पानीको बहाव एक लाखभन्दा बढी क्युसेक पुगेपछि पुलमा चारपाङ्ग्रे सवारीसाधानको सञ्चालनमा रोक लगाइने गरिएको छ । पैदलयात्रु, साइकल, मोटरसाइकल सवारीका लागि भने पुल खुला रहेको छ ।
दार्चुलाको दत्तुमा महाकाली नदीको बहाव तीन मिटर ६९ सेन्टिमिटर रहेको छ । अझै नदीमा पानी बढनसक्ने सम्भावना देखिएको कार्य सञ्चालन केन्द्रले जनाएको छ । ६ मिटर माथिको बहावलाई खतरा मानिन्छ । डडेल्धुराको परिगाँउमा महाकाली नदीको बहाव चार मिटर ८८ सेन्टिमिटर छ ।
प्रतिक्रिया दिनुहोस्