ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत सेवामा देखिएका चुनौतिलाई व्यवस्थित गरिनेछ: सिंचाई मन्त्री पुन


bhawani desk
११ श्रावण २०७५, शुक्रबार   ४ : ४१   बजे

 

काठमाडौं,११ साउन । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले विद्युत सेवामा देखिएका सुरक्षा चुनौतिलाई व्यवस्थित गरिने बताउनुभएको छ ।

शुक्रबार ललितपुरमा सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको चौधौ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पुनले विद्युत् प्रशारण लाईन सुधारको आवश्यकता टट्कारो रुपमा देखिएकाले आवश्यकता अनुसार शब स्टेशनको व्यवस्था गरि आवश्यकक प्रबन्ध मिलाउने बताउनुभयो ।

बर्षादको समयमा मुलुकका अधिकांश स्थानमा काठको पोल ढल्ने र त्यही कारणले दुर्घटना हुने गरेको भन्दै काठको पोल विस्थापित गरि सुरक्षित विद्युत् प्रशारण लाईनको व्यवस्था गर्न मन्त्रीपरिषद्मा प्रस्ताव लैजाने प्रतिवद्धता पनि जनाउनुभयो ।

उर्जा क्षेत्रको विकासका साथै समग्र विकासलाई सुनिश्चितता गर्ने वातावरण श्रृजना गर्न तर्फ सरकार लागिरहेकाले उर्जा उत्पादन र त्यसमा सबैको पहुँच पुर्याउने तर्फ मन्त्रालय गम्भीर रहेको बताउनुभयो ।

उहाँले उर्जा क्षेत्रमा लगानी विस्तारका लागि आवश्यकता अनुसार औद्योगिक ऐन परिमार्जन गरिने बताउनुभयो । कार्यक्रममा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुर्वाधारका कारण लोडसेडिङ गर्नुपर्ने अवस्था श्रृजना हुन नदिनका लागि पुर्वाधार निर्माण र शहरी क्षेत्रको विद्युत् प्रशारण प्रणली सुधारको आवश्यकता औल्याउनुभयो ।

उहाँले उर्जा खपत बढाउने सवालमा ग्रामिण विद्युतिकरणको महत्वपुण भुमिका रहने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group