ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाजरकोटमा यातायात सेवा अवरुद्ध


एबीसी न्यूज
११ श्रावण २०७५, शुक्रबार   ६ : १८   बजे

 जाजरकोट , ११ साउन । निरन्तर परेको अबिरल वर्षाले जिल्ला सदरमुकाम खलंगाको सडक अबरुद्ध भएको छ । पहिरोले सडक भत्काएपछि जिल्ला सदरमुकाम खलंगामा मोटरसाईकल समेत चल्न सकिरहेका छैनन् ।

यातायातका साधनहरु चल्न नसकेपछि यात्रुहरु पैदल हिड्न बाध्य भएका छन् । जाजरकोट – डोल्पा सडक खण्डको विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो ।

शान्तिचौतारा बसपार्क नजिकै रहेको खहरेकोला, ठाँटीवजार , सिमलगैरी लगाएका ठाउँमा पहिरो जाँदा आवत–जावत गर्न समस्य भएको छ । गाउँवाट सदरमुकाम आउने र सदरमुकामवाट बाहिर जाने यात्रुहरु पैदल हिड्न बाध्य भएका छन् ।

वर्षादको समयमा हुने सडक अबरुद्धलाई खोल्नका लागि भेरी नगरपालिकाले बिपद ब्यबस्थापन कोषवाट २ लाख २६ हजार भुक्तानी दिनेगरि ३ महिनाको लागि स्क्यावेटर भाँडामा लिएको छ । तीन महिनाको लागि भाँडामा लिएको स्क्यावेटरको समयबधी एक महिना बितिसकेको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासेले जानकारी दिनुभयो ।

एक महिनाको समयमा उक्त स्क्यावेटरले वडा नं. १ को कालेगाउँ, २ को रिसाङ–तातोपानी, ४ को फुलवारी, कारागार रोड, ५ र ६ को बोहरा, छिप्रेना नेटीबजार रोड र वडा नं. ८, ९ र १० को भुर–स्याउली रोडमा माथिवाट आएको सलाईट फाल्ने काम गरेको प्रमुख प्रशासकीय अधिकृत बेलबासेले बताउनुभयो ।

जिल्ला सदरमुकाम खलंगा र खलंगा–पाँचकाटिया सडकलाई सडक डिभिजन कार्यालय रुकुम चौरजहारीले हेरिरहेको हुदा उक्त सडकको भत्किएका संरचना नगरपालिकाको बिपद ब्यबस्थापन कोषवाट बन्न नसक्ने नगरपालिकाका प्राविधिकहरुको भनाई रहेको छ ।

अबरुद्ध सडकहरुलाई तत्काल सुचारु गर्नलाई सडक डिभिजन कार्यालय रुकुम चौरजहारीले नै गर्नु पर्ने सदरमुकामबासीले माग राखिरहेका छन् । सडक विभागले निर्माण गरेका सडकमा बालहरु राम्रो संग निर्माण नगर्दा ठाउँ ठाउँमा पहिरो गएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

सम्बन्धित

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu